रुपन्देहीको सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा एकजना कोरोना संक्रमितले आत्महत्या गरेका छन् । वैशाख १६ गते कोरोना पोजेटिभ देखिएपछि सोही दिन भर्ना भएका सैनामैनाको रानिबगियाका ४० वर्षीय पुरुषले शनिबार बिहान शौचालयमा आत्महत्या गरेका हुन् । स्वास्थ्यकर्मी दीपक पाण्डेले दिएको जानकारी अनुसार स्वास्थ्य अवस्था सामान्य रहेकामा शनिबार बिहान ४ बजे शौचालय जाने …