सीता भण्डारी प्रकरण : ११ लाखको लेनदेन, डेढ महिनापछि भयो अन्त्येष्टि

रुपन्देहीको तिलोत्तमाकी सीता भण्डारी पौडेलको हत्या वा आत्महत्या भन्ने विषयको विवाद ११ लाखको लेनदेनमा सकिएको छ ।  गत भदौ २० गते बिहान मृत अवस्थामा फेला परेकी तिलोत्तमा नगरपालिका-५, मणिग्रामकी सीताको आत्महत्या या हत्या भन्ने विवाद लम्बिँदा डेढ महिनासम्म अन्त्येष्टि हुन सकेको थिएन । मृतक सीताका माइती पक्षले पौडेल परिवारबाट मंगलवार अपरान्ह ११ लाख रूपैयाँको चेक बुझेपछि अन्त्येष्टि गर्न सहमति दिएका थिए । अहिले तिलोत्तमा नगरपालिका र बुटवल नगरपालिकाको सीमा क्षेत्रमा रहेको मगरघाटमा माइती पक्ष समेतको सहभागितामा अन्त्ये...

सम्बन्धित सामग्री

तीन जना पुर्पक्षका लागि जेल चलान

तिलोत्तमा नगरपालिका वडा नं ५ की सीता भण्डारी मृत्यु प्रकरणमा तीन जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

सीता भण्डारी मृत्यु प्रकरण : पति, जेठाजु र आमाजू पुर्पक्षका लागि कारागार चलान

२१ असोज, बुटवल । रुपन्देही मणिग्रामकी सीता भण्डारी पौडेलको मृत्यु प्रकरणमा उनका पतिसहित परिवारका तीनजना आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन् । भदौ २० गते बिहान आफ्नै कोठामा मृत भेटिएकी २७ वर्षीया सीताका माइती पक्षले आत्महत्या नभई हत्या भएको दावी गर्दै जाहेरी दिएका थिए । बुधबार जिल्ला अदालतका न्यायाधीश पिताम्वर शर्माको इजलासमा भएको बहसपछि […]

सीता भण्डारी मृत्यु प्रकरण, श्रीमानसहित तीन जना कारागार चलान

बुटवल : भदौ २० गते बिहान आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी रुपन्देही तिलोत्तमाकी सीता भण्डारी पौडेल मृत्यु प्रकरणमा तीन जना आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन्। मृतक सीताका  माइती पक्षले श्रीमान टिका पौडेल, अमाजु विष्णु पौडेल, जेठाजु हरि पौडेलले आत्महत्याका लागि बाध्य पारेको भन्दै आत्महत्या दुरुत्साहन मुद्दा दिएका थिए। जिल्ला अदालतका न्यायधिश पिताम्बर शर्माको इजलासमा भएको बहस पछि बुधबार भएको थुनछेक आदेशबाट उनीहरु तिनै जनालाई पुर्पक्षका लागी कारागार पठाउ

सीता भण्डारी मृत्यु प्रकरणः रहस्यमयमै बित्न थाल्यो महिना

रुपन्देहीकी सीता भण्डारी पौडेलको मृत्यु भएको मंगलबार २९ दिन भयो । गत भदौ १४ गते माइतीबाट घर आएकी उनी भदौ २० गते आफ्नै घरमा पासो काटिएको अवस्थामा मृत फेला परिन् ।

सीता भण्डारी मृत्यु प्रकरणः प्रहरी भन्छ– आत्महत्या नै हो, सुसाइट नोट भेटियो

बुटवल– रुपन्देही तिलोत्तमा नगरपालिका–५ की २७ वर्षीया सीता भण्डारी पौडेलले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनको मृत्यु प्रकरणबारे हालसम्म भएका अनुसन्धानबारे जानकारी दिँदै उनले लेखेको सुसाइड नोट फेला परेको बताएको छ। पौडेल भदौ २० गते बिहान साढे ४ बजे आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। उनको […]

सीता भण्डारी मृत्यु प्रकरणमा प्रहरी भन्छ, 'आत्महत्या नै हो'

रुपन्देहीको तिलोत्तमाकी २७ वर्षीया सीता भण्डारी पौडेलको हत्या नभई आत्महत्या भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ । भदौ २० मा आफ्नै घरमा मृत अवस्थामा भेटिएकी सीताको पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय बुटवललले घटना अनुसन्धान गरिरहेका छन् ।

सीता भण्डारी ‘मृत्यु’ प्रकरण : सुसाइड नोट फेला परेको प्रहरीको दाबी

१५ असोज, बुटवल। रूपन्देहीको तिलोत्तमा नगरपालिका-५ मणिग्रामकी २७ वर्षीया सीता भण्डारी पौडेलले आत्महत्या अघि ‘सुसाइड नोट’ लेखेको प्रहरीले बताएको छ । सीता गत भदौ २० बिहान सीता आफ्नै घरको एक कोठामा मृत भेटिएकी थिइन् । घटनाको अनुसन्धानका लागि आएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले स्थलगतरुपमा प्राविधिक विश्लेषण गरेको थियो। सीता र उनका श्रीमान टिका […]

सीता भण्डारी मृत्यु प्रकरण : २५ दिनसम्म उठेन शव

रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा भएको सीता भण्डारी मृत्यु प्रकरणपछि सुरु भएको आन्दोलन २५ औं दिनमा पुगेको छ । मणिग्रामका ४३ वर्षीय टीका पौड्यालकी पत्नी सीता भण्डारी भदौ २० गते आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।

रुपन्देहीमा ज्यान गुमाएकी युवतीको आत्महत्या नभई हत्या भएको माइतीपक्षको आरोप

बुटवल– रुपन्देहीको तिलोत्तमामा एक महिलाको आत्महत्या नभई हत्या भएको माइतीले आरोप लगाएका छन्।  तिलोत्तमा ५ की सीता भण्डारी पौडेलको मृत्यु आत्महत्याका कारण नभई हत्या नै भएको माइती पक्षले आरोप लगाएका हुन्। गत भदौ २० गते बिहान सीता भण्डारीको शव पासो काटेको अवस्थामा फेला परेको थियो। सीता भण्डारी पौडेलका बुवा हरिप्रसाद भण्डारीले ज्वाइँ टिका पौडेलले योजनाबद्ध […]