देवदह घटना : विवाहेत्तर सम्बन्धका कारण हत्यापछि आत्महत्या

रुपन्देहीको देवदह नगरपालिका–५ स्थित पाल्पाली टोलमा सोमबार बिहान दम्पती मृत भेटिए । घर भित्रबाट चुकुल लगाएको अवस्थामा ३६ वर्षीय बोलिन्द्र जोल्मीमगर र उनकी पत्नी ३२ वर्षीया हेमकला जोल्मी मगर मृत भेटिएका हुन् ।कतारबाट छुट्टीमा आएको चौंथो दिनमा संसारबाट विदा भएका बोलिन्द्रले पत्नीको हत्या गरेर आफूले आत्महत्याको बाटो रोजेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । ‘घटनास्थलमा बाहिरबाट कसैको प्रवेश देखिँदैन’ इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी भन्छन्– ‘प्