रुपन्देहीको सैनामैना नगरपालिकामा १ जना संक्रमितले कोरोना अस्पतालमा आत्महत्या गरेका छन् ।
सैनामैना–१ वनकट्टामा सञ्चालित कोरोना अस्थायी अस्पतालमा उपचाररत सैनामैना रानिबगियाका ४० वर्षीय पुरुषले शनिवार शौचालयमा आत्महत्या गरेका हुन् ।
बिहीवार कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए ।
शनिवार बिहान ४ बजे शौचालय गएका उनी मृत अवस्थामा फेला परेका अस्पतालका स्वास्थ्यकर्मी दीपक पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेकोे थियो ।