आईपीओ निष्कासन गर्ने तयारीमा रहेको सानिमा लाइफ इन्स्योरेन्सको वित्तीय अवस्था :

असार १६, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा जेठ ९ गते निवेदन दिएको छ ।  कम्पनीले आईपीओ निष्कासन विक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको उक्त आईपीओ निष्कासन गर्नका लागि रेटिङ गराइसकेको छ । आईपीओ निष्कासन गर्नका लागि कम्पनीले केयर रेटिङ नेपालमा रेटिङ गराएको हो ।  केयर रेटिङ नेपालले केयर एनपी ट्रिपल बी मानस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको आधारभुत पक्ष मध्यम रहेको देखाउँछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । आईपीओ निष्कासन पछि पूँजी रू. २ अर्ब पुग्नेछ । अब कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ ।  कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ९ करोड ३६ लाख ८६ हजार नाफा कमाएको छ । गत आवको तुलनामा चालू आवमा कम्पनीको नाफा ११ प्रतिशतले वृद्धि भएको हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ८ करोड ३८ लाख ३८ हजार नाफा कमाएको थियो ।   चालू आवको तेस्रो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. १० करोड ६७ लाख ७१ हजार आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १२ करोड २७ लाख ९० हजार पुगेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. २० करोड ६३ लाख २१ हजार र जीवन बीमा कोषमा रू. १ अर्ब ९२ करोड ३५ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले ९६९ जनालाई रू. ८ करोड ५० लाख ५२ हजार दाबी भुक्तानी गरेको वित्तीय विवरण मार्फत जानकारी गराएको छ ।

सम्बन्धित सामग्री

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत, बिहीवारदेखि कारोबारमा आउने

भदौ १६, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।  कम्पनीको २ करोड कित्ता शेयर  सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणतर्फको ६० लाख कित्ता  आईपीओ र संस्थापकतर्फको १ करोड ४० लाख कित्तासमेत गरेर कुल २ करोड कित्ता शेयर नेप्सेमा  सूचीकृत गराएको हो । नेप्से र कम्पनी बीच धितोपत्र सूचिकरण सभ्झौता भएसँगै बिहीवारबाट कम्पनीको शेयर खरीदविक्री शुरु हुनेछ ।नेप्सेले पहिलो कारोबारको लागि रू. १०३ दशमलव १७ देखि ३०९ दशमलव ५१ ओपन रेञ्ज तोकेको छ ।  पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीको सिम्बोल एसएलआई रहेको छ । कम्पनीले साउन २० गते देखि २४ गतेसम्म ६०  लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओ बुधवारदेखि विक्री खुला

साउन १९, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले साउन २० गते (बुधवार) देखि सर्वसाधारणमा आईपीओ विक्री गर्ने भएको छ ।  कम्पनीले रू. ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ विक्री गर्ने भएको हो । कम्पनीले सर्वसाधारणमा विक्री गर्ने कुल ६० लाख कित्ता आईपीओमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गर्न लागेको हो ।  सार्वजनिक निष्कासनमा आउने ५४ लाख कित्ता शेयर खरीदको लागि मात्र सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो ।  यो आईपीआ साउन २४ गतेसम्म विक्रीमा रहनेछ । कम्पनीले आईपीओ विक्रीको छिटो अवधि साउन २४ र ढिलो अवधि भदौ २ गतेसम्मको मिति तय गरेको छ । आईपीओ खरीदका लागि छिटो अवधिभित्रै मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थामा यस कम्पनीको आईपीओ पनि छिटो अवधिभित्र मात्र विक्रीमा रहने निश्चित छ ।  आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।  विक्री प्रबन्धकसँगै सि–आस्बा सेवासमा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाटसँगै मेरो शेयर वेबसाइट तथा एप मार्फत समेत आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्ने केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ प्रदान गरेको छ ।  नयाँ जीवन बीमा कम्पनीको रुपमा २०७४ साल मंसिर २२ गतेदेखि व्यवसायिक यात्रा शुरु गरेको कम्पनीले रू. २ अर्ब बराबरको चुक्तापूँजी कायम गर्न आईपीओको सहारा लिएको हो । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले जीवन बीमा कम्पनीहरुको चुक्तापूँजी रू. २ अर्ब हुनुपर्ने व्यवस्था गरेको छ ।  हाल रू. १ अर्ब ४० करोड चुक्तापूँजी रहेकोे कम्पनीको आईपीओ बाँडफाँट पश्चात कम्पनीको बीमा समितिले तोके बराबरको पूँजी कायम हुनेछ । जेठ ९ गते आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दर्ता गराएको कम्पनीले असार ३१ गते बोर्डबाट अनुमति पाएको हो ।  कम्पनीको आर्थिक वर्ष २०७६/७७ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ रू. १०९ दशमलव ६७ रहेको छ । उक्त अवधिसम्म कम्पनीको सञ्चित नाफा रू. १० करोड ४८ लाख ६० हजार रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव १० रहेको छ ।

धितोपत्र बोर्डले दुई कम्पनीलाई दियो आईपीओ निष्कासन अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप दुई कम्पनीलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को अनुमति दिएको छ । बोर्डले सानिमा लाइफ इन्स्योरेन्स र मानुषी लघुवित्तलाई आईपीओ जारी गर्न अनुमति दिएको छ । बोर्डले असार ३१ गते बिहीबार सानिमा लाइफ इन्स्योरेन्सलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता र मानुषी लघुवित्तलाई ३ करोड...

६ ओटा जीवन बीमा कम्पनीद्वारा ३ करोड ७५ लाख कित्ता आईपीओ निष्कासन  गर्ने तयारी

असार २९, काठमाडौं । छ ओटा जीवन बीमा कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा गरिरहेका छन् ।  ती कम्पनीले ३ करोड ७५ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेका हुन् । छ ओटा कम्पनीमध्ये दुई ओटा कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् भने बाँकी चार ओटा कम्पनीले भने निवेदन दिन बाँकी छ । धितोपत्र बोर्डका अनुसार सानिमा लाइफ इन्स्योरेन्स र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६०/ ६० लाख कित्ता आईपीओ निष्कासनका लागि निवेदन दिइसकेका छन् । सानिमा लाइफले आईपीओ निष्कासन गर्नका लागि गत जेठ ९ गते र आइएमई लाइफ इन्स्योरेन्सले गत जेठ ३१ गते निवेदन दिएका हुन् । सानिमा लाइफले आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त गरेको छ भने आइएमई लाइफले सिभिल क्यापिटल मार्केटलाई नियुक्त गरेको छ । बाँकी चार ओटा कम्पनीले भने थप प्रक्रिया पुरा गरेर मात्र नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिने तयारी गरिरहेका छन् ।  ती छ ओटा कम्पनीहरु मध्ये सबैभन्दा बढी सिटीजन्स लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । उक्त कम्पनी ७५ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । यूनियन लाईफ इन्स्योरेन्स कम्पनीले असार २४ गतेदेखि २८ गतेसम्म आईपीओ निष्कासन गरिसकेको छ । उक्त कम्पनीको आईपीओमा  भने २१ लाखभन्दा बढीले भरेका छन् । पछिल्लो समयमा आईपीओ भर्ने लगानीकर्ताको आकर्षण बढ्दो क्रममामा रहेको देखिएको छ । यसरी हेर्दा आगामी दिनमा आईपीओ भर्नेको संख्या झनै बढ्ने देखिन्छ । सिडीएस क्लियरिङका अनुसार मंगलवारसम्ममा  डिम्याट खाताको संख्या ३७ लाखभन्दा बढी पुगेको छ ।

सानिमा लाइफ इन्स्योरेन्सले जेठ २३ गते साधारण सभा गर्दै

जेठ २१, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले जेठ २३ गते साधारण सभा बोलाएको छ ।  कम्पनीले सभा बिहान ११ बजे प्रधान कार्यालय कमलादी, काठमाडौंमा हुने जानकारी दिएको छ । सभाले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७६/ ७७ को लेखापरिक्षकको नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभा कोरोना भाइरस संक्रमणको कारण भर्चुअल माध्यमबाट गरिने कम्पनीले बताएको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि रेटिङग गराइसकेको छ । आईपीओ निष्कासन गर्नका लागि कम्पनीले केयर रेटिङ नेपालमा रेटिङ गराएको हो । केयर रेटिङ नेपालले कम्पनीको आईपीओलाई केयर एनपी ट्रिपल बी मानस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको आधारभुत पक्ष मध्यम रहेको देखाउँछ । कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।

सानिमा लाइफले आईपीओ ल्याउने प्रस्ताव पारित गर्न जेठ २३ गते बोलायो साधारण सभा

जेठ १८, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले जेठ २३ गते साधारण सभा बोलाएको छ ।  कम्पनीले सभा बिहान ११ बजे प्रधान कार्यालय कमलादी, काठमाडौंमा हुने जानकारी दिएको छ । सभाले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७६/ ७७ को लेखापरिक्षकको नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले सभा कारोना भाइरस संक्रमणको कारण भर्चुअल माध्यमबाट गरिने बताएको छ ।कम्पनीले आईपीओ निष्कासन गर्नका लागि रेटिङ गराइसकेको छ । आईपीओ निष्कासन गर्नका लागि कम्पनीले केयर रेटिङ नेपालमा रेटिङ गराएको हो । केयर रेटिङ नेपालले उक्त कम्पनीलाई केयर एनपी ट्रिपल बी मानस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको आधारभुत पक्ष मध्यम रहेको देखाउँछ । कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । कम्पनीले आईपीओ निष्कासनको  लागि  नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन भने दिएको छैन । आवश्यक प्रक्रिया पुरा गरेर धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि आईपीओ निष्कासन हुने छ ।