जेठ १८, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले जेठ २३ गते साधारण सभा बोलाएको छ ।
कम्पनीले सभा बिहान ११ बजे प्रधान कार्यालय कमलादी, काठमाडौंमा हुने जानकारी दिएको छ । सभाले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७६/ ७७ को लेखापरिक्षकको नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले सभा कारोना भाइरस संक्रमणको कारण भर्चुअल माध्यमबाट गरिने बताएको छ ।कम्पनीले आईपीओ निष्कासन गर्नका लागि रेटिङ गराइसकेको छ । आईपीओ निष्कासन गर्नका लागि कम्पनीले केयर रेटिङ नेपालमा रेटिङ गराएको हो ।
केयर रेटिङ नेपालले उक्त कम्पनीलाई केयर एनपी ट्रिपल बी मानस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको आधारभुत पक्ष मध्यम रहेको देखाउँछ । कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।
कम्पनीले आईपीओ निष्कासनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन भने दिएको छैन । आवश्यक प्रक्रिया पुरा गरेर धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि आईपीओ निष्कासन हुने छ ।