सानिमा लाइफ, आइएमई लाइफ र नेष्डो समृद्ध लघुवित्तले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दिए निवेदन

असार ८, काठमाडौं । तीन ओटा अलग - अलग कम्पनीले आईपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा गर्न निवेदन दिएका छन् । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी, आइएमई लाइफ इन्स्योरेन्स र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । सानिमा लाइफ र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६०/ ६० लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएका हुन् । सानिमा लाइफले गत जेठ ९ गते र आइएमई लाइफले गत जेठ ३१ गते धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।   आइएमई लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासनको लागि विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट र सानिमा लाइफ इन्स्योरेन्सले विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई यसअघिनै नियुक्त गरिसकेको छ । त्यसैगरी नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा गत असार ६ गते निवेदन दिएको छ । उक्त कम्पनीको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।