सानिमा लाईफ इन्स्योरेन्सको आईपीओ बुधवारदेखि विक्री खुला

साउन १९, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले साउन २० गते (बुधवार) देखि सर्वसाधारणमा आईपीओ विक्री गर्ने भएको छ ।  कम्पनीले रू. ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ विक्री गर्ने भएको हो । कम्पनीले सर्वसाधारणमा विक्री गर्ने कुल ६० लाख कित्ता आईपीओमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गर्न लागेको हो ।  सार्वजनिक निष्कासनमा आउने ५४ लाख कित्ता शेयर खरीदको लागि मात्र सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो ।  यो आईपीआ साउन २४ गतेसम्म विक्रीमा रहनेछ । कम्पनीले आईपीओ विक्रीको छिटो अवधि साउन २४ र ढिलो अवधि भदौ २ गतेसम्मको मिति तय गरेको छ । आईपीओ खरीदका लागि छिटो अवधिभित्रै मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थामा यस कम्पनीको आईपीओ पनि छिटो अवधिभित्र मात्र विक्रीमा रहने निश्चित छ ।  आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।  विक्री प्रबन्धकसँगै सि–आस्बा सेवासमा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाटसँगै मेरो शेयर वेबसाइट तथा एप मार्फत समेत आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्ने केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ प्रदान गरेको छ ।  नयाँ जीवन बीमा कम्पनीको रुपमा २०७४ साल मंसिर २२ गतेदेखि व्यवसायिक यात्रा शुरु गरेको कम्पनीले रू. २ अर्ब बराबरको चुक्तापूँजी कायम गर्न आईपीओको सहारा लिएको हो । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले जीवन बीमा कम्पनीहरुको चुक्तापूँजी रू. २ अर्ब हुनुपर्ने व्यवस्था गरेको छ ।  हाल रू. १ अर्ब ४० करोड चुक्तापूँजी रहेकोे कम्पनीको आईपीओ बाँडफाँट पश्चात कम्पनीको बीमा समितिले तोके बराबरको पूँजी कायम हुनेछ । जेठ ९ गते आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दर्ता गराएको कम्पनीले असार ३१ गते बोर्डबाट अनुमति पाएको हो ।  कम्पनीको आर्थिक वर्ष २०७६/७७ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ रू. १०९ दशमलव ६७ रहेको छ । उक्त अवधिसम्म कम्पनीको सञ्चित नाफा रू. १० करोड ४८ लाख ६० हजार रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव १० रहेको छ ।  

सम्बन्धित सामग्री

कात्तिकमा सोनापुर मिनरल्सको सर्वाधिक रकमको कारोबार

काठमाडौं । कात्तिक महिनामा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमवार सार्वजनिक गरेको मासिक तथ्याङ्कको आधारमा यस कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको देखिएको हो । नेप्सेका अनुसार कात्तिकमा सोनापुर मिनरल्सको ४७ करोड ९६ लाख रुपैयाँभन्दा बढीको १९ लाख ३३ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको हो । प्रिमियम मूल्यसहित सर्वसाधारणमा आईपीओ जारी गरी कात्तिक २ गते कम्पनीले धितोपत्र दोस्रो बजारमा ३ करोड ७ लाख ५० हजार ५०० कित्ता शेयर सूचीकृत गरेको थियो । दशैंको बिदाका कारण सूचीकृत भएको ९ दिनपछि अर्थात् कात्तिक १२ गतेदेखि कम्पनीको शेयर कारोबार शुरु भएको थियो । धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयर कारोबार प्रतिकित्ता ३५० मा खुला भएको थियो । कम्पनीले उद्योग प्रभावित स्थानीयमा प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १२५ रुपैयाँ थप गरी प्रतिकित्ता २२५ रुपैयाँ र सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँमा प्रिमियमबापत १३७ रुपैयाँ ५८ पैसा थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ विक्री गरेको थियो । कारोबारका शुरुआती दिनमा कम्पनीको शेयर मूल्यमा निरन्तर नकारात्मक सर्किट लागेर आईपीओ खरीदकर्ताहरू नै घाटामा पुगेका थिए । पछिल्लो समय भने कम्पनीको शेयर मूल्य ३०० रूपैयाँ ३० पैसा रहेको छ ।  मूल्य बढेको अवस्थामा पछिल्ला कारोबार दिन पनि कम्पनीको शेयर कारोबार सर्वाधिक स्थानमै भइरहेको छ । सोमवार पनि १ अर्ब १९ करोड ७२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा सोनापुर मिनरल्सको सर्वाधिक ७ करोड ४६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । कात्तिकमा सर्वाधिक रकमको शेयर कारोबार हुने १० कम्पनीभित्र सोनापुर मिनरल्ससँगै सोल्टी होटल, हाथवे इन्भेष्टमेण्ट, सानिमा जिआईसी इन्स्योरेन्स, नबिल बैंक, सिटिजन लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, एनआईसी एशिया बैंक, हिमालयन बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स छ । हिमालयन बैंकको भने संस्थापक तर्फको १७ करोड ९८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो ।  सर्वाधिक दोस्रोमा भने यो महिना सोल्टी होटलको शेयर कारोबार भएको छ । सोल्टी होटलको २७ करोड १७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । त्यस्तै हाथवे इन्भेष्टमेण्टको २६ करोड ९८ लाख रुपैयाँभन्दा बढी, सानिमा जिआईसी इन्स्योरेन्सको २६ करोड ६० लाख रुपैयाँभन्दा बढी, नबिल बैैंकको २४ करोड १९ लाख रुपैयाँभन्दा बढी, सिटिजन लाइफ इन्स्योरेन्सको २० करोड रुपैयाँभन्दा बढी, शिवम् सिमेन्टको १९ करोड ६० लाख रुपैयाँभन्दा बढी, एनआईसी एशिया बैंकको १८ करोड ३४ लाख रुपैयाँभन्दा बढी र रिलायबल नेपाल लाइफको १७ करोड ६० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको नेप्सेको तथ्याङ्कले पुष्टि गरेको छ । कात्तिक महीनामा दशै र तिहारको बिदा परेकाले जम्मा १२ कारोबार दिन मात्र धितोपत्र दोस्रो बजार खुला भएको थियो । १२ कारोबार दिनमा कात्तिक महीनामा धितोपत्र दोस्रो बजारमा १० अर्ब २१ करोड ७३ लाख रुपैयाँभन्दा बढीको ३ करोड ९८ लाख ८२ हजारभन्दा बढी धितोपत्र कारोबार भएको जानकारी नेप्सेले दिएको छ । कात्तिकमा सर्वाधिक रकमको कारोबार भएका १० कम्पनी स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ खुला, सर्वसाधारणले भर्न पाउने

सानिमा लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आईपीओ निष्कासन भएको छ । कम्पनीले आजबाट आवेदन दिन मिल्ने गरी ६० करोड रुपैयाँबराबरको आईपीओ आवेदन माग गरेको हो

सानिमा इन्स्योरेन्सको आईपीओ खुल्यो

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुला भएको छ । नेपाल धितोपत्र बोर्ड (सेवोन)को अनुमति पछि कम्पनीले बुधबारदेखि ६० लाख कित्ता आईपीओका लागि आवेदन खुला गरेको हो । त्यसमध्ये ५ प्रतिशत (तीन लाख कित्ता)कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको कम्पनीले जानकारी दिएको छ । बाँकी […]

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुला

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथमिक शेयर (आईपीओ) बिक्री खुला भएको छ। इन्स्योरेन्सले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।  कम्पनीले हाल कायम जारी पूँजी रु. २ अर्बको ३० प्रतिशत अर्थात रु....

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि खुला

काठमाडौँ– सानिमा लाइफ इन्स्योरेन्सले आईपीओ आजदेखि खुलेको छ। कम्पनीको ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर आजदेखि बिक्रीका लागि खुला गरिएको हो । सानिमा लाइफको हालको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ । आईपीओ जारी भएपछि कायम हुने चुक्ता पुँजीको ३० प्रतिशतले हुन आउनेगरी सो बराबरको शेयर जारी गरिएको हो । त्यसमध्ये […]

सानिमा इन्स्योरेन्सको आईपीओ भोलिबाट खुला

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ बिक्री भोलिदेखि खुला गरिने भएको छ । कम्पनीले ६० लाख कित्ता सेयर आईपीओ जारी गर्न लागेको हो । त्यसमध्ये ५ प्रतिशत (तीन लाख कित्ता) कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको कम्पनीले जानकारी दिएको छ । बाँकी ५४ लाख कित्ता सर्वसाधरणलाई वितरण गरिने छ । […]