साउन ६, काठमाडौं । नेपाल धितोपत्र बोर्डले गत आव २०७७/ ७८ मा रू. १५ अर्ब १७ करोड ८३ लाख २८ हजार ७०० बराबरको आईपीओ निष्कासन गर्न अनुमति दिएको छ ।
धितोपत्र बार्डले २२ ओटा कम्पनीलाई कुल १५ करोड १७ लाख ८३ हजार २८७ कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । धितोपत्र बोर्डबाट स्वीकृती पाएका अधिकांश कम्पनीहरुले आईपीओ निष्कासन गरिरहेका छन् ।
गत आवको अन्त्यमा आईपीओ निष्कासन गर्न स्वीकृती पाएका सानिमा लाइफ इन्स्योरेन्स, मानुषी लघुवित्त वित्तीय संस्था र सामलिङ पावर कम्पनीले भने अझै निष्कासन मिति तय गरेका छैनन् ।
गत आवमा नियामक निकाय नेपाल धितोपत्र बोर्डले पहिलो पटक रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीलाई आईपीओ निष्कासन गर्ने अनुमति दिएको थियो । बोर्डले उक्त कम्पनीलाई रू. ६३ करोड बराबरको ६३ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो । त्यस्तै गत आवको अन्त्यमा सामलिङ पावर लिमिटेडले रू. १२ करोड ३० लाख बराबरको १२ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति दिएको छ ।
गत आवमा सबैभन्दा बढी नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आईपीओ निष्कासन गरेको छ । उक्त कम्पनीले रू. ८ अर्ब बराबरको ८ करोड कित्ता आईपीओ निष्कासन गरेको हो ।
गत आवमा ओठ ओटा हाइड्रोपावर, पाँच ओटा माइक्रोफाइनान्स, सात ओटा इन्स्योरेन्स कम्पनी, एउटा बैंकिङ र एउटा अन्य क्षेत्रका कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पाएका थिए ।
यी हुन् गत आवमा आईपीओ निष्कासन गरेका कम्पनीहरु :
स्रोत : नेपाल धितोपत्र बोर्ड