धितोपत्र बोर्डले दुई कम्पनीलाई दियो आईपीओ निष्कासन अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप दुई कम्पनीलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को अनुमति दिएको छ । बोर्डले सानिमा लाइफ इन्स्योरेन्स र मानुषी लघुवित्तलाई आईपीओ जारी गर्न अनुमति दिएको छ । बोर्डले असार ३१ गते बिहीबार सानिमा लाइफ इन्स्योरेन्सलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता र मानुषी लघुवित्तलाई ३ करोड...

सम्बन्धित सामग्री

मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीलाई आईपीओ निष्कासन गर्ने स्वीकृति

१२ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने स्वीकृति दिएको छ । धितोपत्र बोर्डले १० असोजमा दुवै कम्पनीलाई आईपीओ निष्कासन गर्ने स्वीकृति दिएको थियो । मुक्तिनाथ कृषि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने […]

घोराही सिमेन्टले आईपीओ निष्कासन गर्ने

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले यही जेठ ३२ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थप गरी ४३५ रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ बिक्री गर्न अनुमति दिएको थियो । कुल कित्तामध्ये कम्पनीले वैदेशिक रोजगारीमा रहेका […]

आईपीओ निष्कासन गर्न मोलुङखोला जलविद्युतले पायो स्वीकृति

२१ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मोलुङखोला जलविद्युत कम्पनीलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को स्वीकृति दिएको छ । १५ मंसिरमा बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि […]

तीन कम्पनीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड ३ वटा कम्पनीलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । बोर्डले २३ असारमा सिक्लेस हाइड्रोपावर लिमिटेडलाई र २४ असारमा धौलागिरी लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थालाई आइपीओ निष्कासन गर्न स्वीकृत दिएको हो । सिक्लेस हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि समेत गरी प्रतिकित्ता […]

पाँच कम्पनीको आईपीओ निष्कासन हुँदै

काठमाडौं, माघ ७। सेयर बजार उकालो लागिरहेकै बेला पाँचवटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) निष्कासन हुने भएको छ । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको अन्तिम स्वीकृति प्रक्रिया अगाडि बढाएको छ । बोर्डले पाँचवटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिनेगरी अन्तिम प्रक्रिया टुंग्याएपछि साना लगानीकर्ता हौसिएका छन् । बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज निलम्बनमा परेपछि धितोपत्र बोर्डले आईपीओ निष्कासनका […]

न्यादी हाइड्रोपावरद्वारा जिल्लाबासीका लागि आईपीओ निष्कासन

लमजुङमा निर्माणसम्पन्न ३० मेगावाट न्यादी जलविद्युत् आयोजनाले जिल्लाबासीका लागि आईपीओ निष्कासन गरेको छ । बुटवलपावर कम्पनीको सहायक कम्पनीको रुपमा रहेको न्यादी हाइड्रोपावरलाई धितोपत्र बोर्डले अनुमतिदि एसँगै भदौ १ देखि बिक्री हुनेगरी आईपीओ निष्कासन गरेको हो ।यसअघि नेपाल धितोपत्र बोर्डले न्यादी हाइड्रोपावरलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको थियो । न्यादीलाई ४० लाख ५० हजार कित्ता सेयर […]

तीन ओटा कम्पनीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति

साउन १५, काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीन ओटा अलग - अलग कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ ।  बोर्डले न्यादी हाइड्रोपावर लिमिटेड, साहस उर्जा लिमिटेड र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो ।  न्यादी हाइड्रोपावर कम्पनीले ४० लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न साउन ११ गते अनुमति पाएको हो । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।  त्यसैगरी साहस उर्जा लिमिटेडले १ करोड ५ लाख आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीले उक्त आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट साउन १४ गते अनुमति पाएको हो । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।  त्यसैगरी बुद्धभूमि नेपालले १२ लाख कित्ता आईपीओ निष्कासन गर्न साउन १४ गते बोर्डबाट अनुमति पाएको हो । विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।  ती तीन ओटै कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन धितोपत्र बोर्डबाट अनुमति पाएका हुन्  । पहिलो चरणमा स्थानिय बासिन्दाका लागि निष्कासन गरेपछि ती कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछन् ।

सामलिङ पावर कम्पनीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति

साउन ४, काठमाडौं । सामलिङ पावर कम्पनीले आईपीअ‍ो निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।  कम्पनीले आईपीओे निष्कासन गर्न असार ३१ गते धितोपत्र बोर्डबाट अनुमति पाएको हो । अब कम्पनीले बोर्डबाट अनुमति पाएसँगै १२ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।   विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।  कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाका लागि आईपीओ निष्कासन गर्नेछ  । त्यसपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।   उक्त कम्पनीले इलाम जिल्लामा ९ दशमलव ५१ मेगावाट क्षमताको माईबेनी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजना निर्माणका लागि थप पूँजी जुटाउन कम्पनीले आईपीओ जारी गर्न लागेको हो ।

मनकामना स्मार्ट लघुवित्तलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति

असार ८, काठमाडौं ।  मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीलाई बोर्डले आईपीओ निष्कासन गर्नका लागि गत असार ६ गते अनुमति दिएको हो । अनुमति पाएसँगै कम्पनीले अव ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । यो पनि हेर्नुस् : आईपीओ निष्कासन गर्ने तयारीमा रहेको मनकामना स्मार्ट लघुवित्तको नाफा २५० % वृद्धि