शिखर इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट

पुस ८, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिवार बजार खुलेको तीन घण्टाको अवधिमा शिखर इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएका २२४ ओटा धितोपत्रमध्ये उक्त कम्पनीकोे धितोपत्र मूल्यमा सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ६८८ दशमलव ५० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । कम्पनीले ३० प्रतिशत अर्थात् १० : ३ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेकाले शेयरमा लगानीकर्ताको आकर्षण परेको देखिन्छ । 

सम्बन्धित सामग्री

कारोबारमै नरहेको रिलायन्सको सेयर मूल्यमा कसरी लाग्यो सकारात्मक सर्किट ?

१३ साउन काठमाडौं । मर्जर सम्झौता गरेपछि कारोबार रोक्का रहेको रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर शुक्रबार नेप्सेमा कारोबार भएको छ । कम्पनीको सेयर मूल्य ३३.५० रुपैयाँ (१० प्रतिशत) ले बढेर सकारात्मक सर्किट लागेपछि मात्रै त्यसमा सबैको ध्यान पुगेको हो । असार अन्तिम साता कम्पनीले सानिमा लाइफ इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेपछि कारोबार रोक्का भएको थियो । कम्पनीको […]

कारोबार रोक्का रहेको कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट !

शुक्रबारको कारोबारमा अचम्मको दृश्य देखिएको छ । आज शुक्रबार कारोबार  रोक्का रहेको एउटा कम्पनीको शेयर कारोबार भएको छ त्यसले सकारात्मक सर्किट समेत हानेको छ । नेप्सेमा  रिलायन्स लाईफ इन्स्योरेन्सको कारोबार रोक्का रहेको छ ।  सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडसंग मर्ज हुने सम्झाय्ता गरेपछि दुवै कम्पनीको कारोबार रोक्का रहेको छ।  तर शुक्रबार अचानक रिलायन्सको कारोबार सुरु भयो र कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेको छ ।  यो समाचार तयार पार्दासम्म कम्पनीको १०० कित्ता कारोबार भएको छ र अन्तिम मूल्य ३६८.५ रुपैयाँ कायम रहेको छ। नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले यसबारे आफुलाई भर्खर थाहा भएको र समबन्धित विभागमा बुझे पछि मात्र के भएको हो भन्न सकिने बताएका छन्  । गत असार २९ गते  सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स बराबर हैसियतमा मर्ज हुने सम्झौता गरेका थिए ।   बीमा समितिले  आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन जारी गरेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउनु पर्न  छ ।

४६ अंकले घट्यो नेप्से सूचक, २ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

आज मंगलबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक ४६.०८ अंकले घटेर २०३०.५९ को बिन्दुमा पुगेर रोकिएको छ ।आज कारोबारमा आएका २२९ कम्पनीका ८६ लाख १३ हजार ४ सय ८९ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २ सय २३ रुपैयाँ ९५ पैसाको कारोबार भएको छ । जस मध्ये सानिमा बैंकको संस्थापक शेयरको सबैभन्दा धेरै ३० करोड २० लाखको कारोबार भएको छ । त्यस्तै अरुण काबेलीको ११ करोड ८२ लाखको कारोबार भएको छ भने शिवम् सिमेन्टको १० करोड ६० लाखको कारोबार भएको छ।आज कारोबारमा आएका मध्ये सीवाईसी नेपाल लघुवित्त र ङादी ग्रुप पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आँधिखोला लघुवित्तको शेयर मूल्य ९.६१ प्रतिशतले बढेको छ  । त्यस्तै स्वाभिमान लघुवित्तको शेयर मूल्य ८.१० प्रतिशतले बढेको छ  । आज घलेम्दी हाइड्रोको शेयर मूल्य सर्वाधिक ६.६० प्रतिशतले घटेको छ भने दिब्यश्वरी हाइड्रोको शेयर मूल्य ५.९२ प्रतिशत तथा अजोड इन्स्योरेन्सको शेयर मूल्य ५.८६ प्रतिशतले घटेको छ  । आज कारोबारमा आएका मध्ये सबै समुहगत सूचक घटेका छन्  । जस मध्ये ट्रेडिङ समुह सर्वाधिक ३.८८ प्रतिशतले, अन्य समुह ३.८३ प्रतिशतले, र फाइनान्स समुह ३.५३ प्रतिशतले घटेको छ  ।

जनरल इन्स्योरेन्ससहित ५ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

चैत १३, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको दुई घण्टाको अवधिमा पाँच ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  उक्त अवधिमा कारोबारमा आएका २२५ ओटा धितोपत्रमध्ये जनरल इन्स्योरेन्स कम्पनी,सानिमा जनरल इन्स्योरेन्स,जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र इमर्जिङ नेपाल लिमिटेड र राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  उक्त अवधिमा जनरल इन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता रू.६६० दशमलव १०,सानिमा जनरल इन्स्योरेन्सको रू.६६०,जीबन विकास लघुवित्तको रू.३ हजार ३००, इमर्जिङ्ग नेपालको रू. ८३६ दशमलव ७० र नेपाल राष्ट्र उत्थान लघुवित्तको रू.९०१ दशमलव ४० पुगेको हो । ती पाँच ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । त्यसैगरी बीमा कम्पनीलाई बीमा समितिले पूँजी वृद्धि गर्न निर्देशन दिएसँगै खरीदकर्ता आकर्षित भएका हुन् । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १९ दशमलव ११ अंक घटेर २ हजार ५९४ दशमलव ५६ विन्दुमा झरेको छ । उक्त अवधिसम्ममा कुल रू.२ अर्ब ७६ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।

४ ओटा कम्पनीको शेयरमा सकारात्मक सर्किट, बीमा कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता

पुस ११, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको करीब डेढ घण्टाको अवधिमा चार ओटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । करोबारमा आएका २१७ ओटा धितोपत्रमध्ये चार ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेशनल लाइफ इन्स्योरेन्स,युनाइटेड इन्स्योरेन्स,नेपाल लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । ती चार ओटै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  नेशनल लाइफ इन्स्योरेन्सको शेयरमूल्य प्रतिकित्ता रू. ९५१ दशमलव ५०,युनाइटे्ड इन्स्योरेन्सको रू. ६८२, नेपाल लाइफ इन्स्योरेन्सको रू.१ हजार ५३३ दशमलव ४० र प्राइम लाइफ इन्स्योरेन्सको शेय मूल्य रू. ७ ०० पुगेको हो ।  यो दिन बजार बढेसँगै लगानीकर्ताको आकर्षण बीमा कम्पनीहरुको शेयरमा परेको छ ।

रू रू जलविद्युत् र यूनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सर्किट

साउन २८, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार दुई ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  रू रू जलविद्युत् परियोजनाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र यूनियन लाइफ इन्स्योरेन्सको ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । रू रू जलविद्युत् परियोजनाको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ३३१ पुगेको छ भने यूनियन लाइफ इन्स्योरेन्सको रू. ७७७ पुगेको हो ।

कालिका पावर र यूनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट

साउन २०, काठमाडौं ।  साताको  चौथो कारोबार दिन बुधवार बजार खुलेको एक घण्टाको अवधिमा दुई ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  कालिका पावर र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । ती दुबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ ।  ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । यूनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य प्रतिकित्ता रू.४३८ दशमलव ९० पुगेको छ । सो अवधिसम्ममा उक्त कम्पनीको शेयरमा सर्वाधिक १० लाख ३१ हजार २०३ कित्ता शेयर खरीद माग रहेको छ । त्यसैगरी कालिका पावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७४८ पुगेको छ ।

यूनियन लाइफ इन्स्योरेन्स र घलेम्दी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट

साउन १९, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको सवा दुई घण्टाको अवधिमा दुई ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  उक्त अवधिसम्ममा कारोबारमा आएका २२० ओटा कम्पनीमध्ये घलेम्दी हाइड्रो लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।  घलेम्दी हाइड्रोको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९८ प्रतिशत र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ ।   यी दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । घलेम्दीको शेयरमूल्य प्रतिकित्ता रू.४६७ दशमलव १० र यूनियन लाइफ इन्स्योरेन्सको रू. ३९९  पुगेको छ । उक्त अवधिसम्ममा यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमा सर्वाधिक १९ लाख ६ हजार ४६४ कित्ता शेयर खरीद माग रहेको छ ।