यूनियन लाइफ इन्स्योरेन्स र घलेम्दी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट

साउन १९, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको सवा दुई घण्टाको अवधिमा दुई ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  उक्त अवधिसम्ममा कारोबारमा आएका २२० ओटा कम्पनीमध्ये घलेम्दी हाइड्रो लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।  घलेम्दी हाइड्रोको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९८ प्रतिशत र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ ।   यी दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । घलेम्दीको शेयरमूल्य प्रतिकित्ता रू.४६७ दशमलव १० र यूनियन लाइफ इन्स्योरेन्सको रू. ३९९  पुगेको छ । उक्त अवधिसम्ममा यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमा सर्वाधिक १९ लाख ६ हजार ४६४ कित्ता शेयर खरीद माग रहेको छ ।   

सम्बन्धित सामग्री

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा मृत्यु दावी वापत बीमांक एक करोड रकम भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरि मृतक बीमित देवबहादुर खत्रीको पत्नी यमुना चालिसेलाई सो मृत्यु दावी रकम भुक्तानी गरेको हो । साविक यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा तीन बर्ष अघि रु. १ करोडको जीबन बीमा गरेका खत्रीको मृत्यु पश्चात […]

यूनियन लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । कम्पनीको ८ दशमलव ९७ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य रू. ४७८ दशमलव ११ तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. ५२१ को आधारमा शेयर मूल्य समायोजन गरिएको हो । कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १६ गते बुक क्लोज गरेसँगै नेप्सेले आज शेयर मूल्य समायोजन गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई ८ दशमलव ९७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले माघ २६ गते साधारण सभा आयोजना गरेको छ । सभा टाइगर प्यालेस रिसोर्ट भैरहवा, रुपन्देहीमा बिहान १०ः३० बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ । साथै सभाले यूनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने प्रस्ताव पनि पारित गर्नेछ ।

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश परिमार्जन

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको छ ।  कम्पनीले हाल कायम चुक्तापूँजीको ८ दशमलव ६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेकोमा परिमार्जन गरी ८ दशमलव ९७ प्रतिशत बोनस शेयरमात्रै वितरण गर्ने भएको हो ।  कम्पनीको आव २०७७/७८ को वित्तीय विवरण स्वीकृतिको लागि नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट प्राप्त निर्देशनबमोजिम पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि प्रस्ताव गरेको लाभांशलाई परिमार्जन गरेको हो । अब यो प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

यूनियन लाइफको ‘जीवन आवरण बिमा’ योजना

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले जीवन आवरण बिमा योजना सञ्चालनमा ल्याएको छ ।कम्पनीले बिमा समितिबाट स्वीकृत गराई सो योजना कार्यान्वयनमा ल्याएको जनाएको छ । जीवन आवरण बिमा योजनामा बिमा गर्नेका लागि विविध सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । बिमा गर्ने व्यक्ति बिमा अवधिसम्म जिवित रहेमा बिमांक रकम र बोनस उपलब्ध हुनेछ भने बिमा अवधिभित्र कालगतीले […]

खानीखोला हाइड्रोपावर र यूनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सर्किट

साउन ३१, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार दुई ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बजार खुलेको १० मिनेटको अवधिमा खानीखोला हाइड्रोपावर र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । ती दुबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । खानीखोला हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता रू. ४१८ र यूनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य रू.८५४ दशमलव ७० मा कारोबार भइरहेको छ ।ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।

यूनियन लाइफ इन्स्योरेन्ससहित ५ ओटा कम्पनीको शेयरमा उच्च खरीद माग

साउन २७, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको सवा दुई घण्टाको अवधिमा यूनियन लाइफ इन्स्योरेन्ससहित पाँच ओटा कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ    उक्त अवधिमा कारोबारमा आएका २२१ ओटा कम्पनीमध्ये पाँच ओटा कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ । यूनियन लाइफ इन्स्योरेन्स, एनआईसी एशिया ब्यालेन्स फण्ड,नबिल इक्विटी फण्ड,सेन्ट्रल फाइनान्स र जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमा उच्च खरीद माग रहेको छ ।  ती पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको ४ लाख ५६ हजार १७५ कित्ता खरीद माग रहेको छ ।  त्यसैगरी एनआईसी एशिया ब्यालेन्स फण्डको ४ लाख ४१ हजार २०० इकाई,नबिल इक्विटी फण्डको ३ लाख ९२ हजार ६३ इकाई,सेन्ट्रल फाइनान्सको ३ लाख ६५ हजार ८८८ कित्ता र जीवन विकास लघुवित्तको ३ लाख ४९ हजार ७१९ कित्ता शेयर खरीद माग रहेको छ ।

जीवन विकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सर्किट

साउन २५, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार जीवन विकास लघुवित्त वित्तीय संस्था र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जीवन विकास लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र यूनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ ।  ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । जीवन विकास लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ८२२ दशमलव ४० र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य रू. ५८३ दशमलव ९० पुगेको छ ।  ती दुबै कम्पनीले केही समय अगाडि मात्र आईपीओ निष्कासन गरेका थिए । केहिदिन अघिमात्र दोस्रो बजारमा ती कम्पनीको कारोबार भएकाले पनि यो दिनको कारोबारमा विक्रेताभन्दा क्रेता धेरै भएका हुन् ।  यो समाचार तयार पार्दाको समय १२ : ४८ बजेसम्ममा मार्केट डेप्थमा हेर्दा यूनियन लाइफ इन्स्योरेन्सको ५ लाख ८० हजार ६६३ कित्ता खरीद माग रहेको छ भने जीवन विकास लघुवित्तको ४ लाख ५३ हजार ८२ कित्ता शेयर खरीद माग रहेको हो । दुबै कम्पनीको शेयरमा विक्रेता भने शून्य देखिएका छन् ।

यूनियन लाइफ  र ङादी ग्रुप पावरको शेयरमूल्यमा सर्किट

साउन २४, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको आधा घण्टाको अवधिमा दुई ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  यूनियन लाइफ इन्स्योरेन्स र ङादी ग्रुप पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । ती दुबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा आइतवार ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ ।  दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो ।  यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५३० दशमलव ९० र ङादी ग्रुप पावरको रू.१ हजार ६५ दशमलव ६० मा कारोबार भइरहेको छ ।

युनियन लाइफ इन्स्योरेन्सको शेयर कारोबार ३४२ रुपैयाँमा खुला

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार खुला भएको छ। प्रि-ओपन सेसनमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता रू. ३४२ मा कारोबार खुला भएको हो।

यूनियन लाइफका सिइओ कर्णको कार्यकाल थप

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णको एक कार्यकाल थपिएको छ । कम्पनीको सञ्चालक समितिले साउन एक गतेदेखि लागु हुने गरी अर्को एक कार्यकाल थप गर्ने निर्णय गरेको हो । कर्णको यहि असार मसान्तबाट कार्यकाल सकिँदै छ । कार्यकाल सकिनु भन्दा एक महिना अगाडि नै सञ्चालक समितिले अर्को कार्यकाल थप गर्ने निर्णय […]