कारोबार रोक्का रहेको कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट !

शुक्रबारको कारोबारमा अचम्मको दृश्य देखिएको छ । आज शुक्रबार कारोबार  रोक्का रहेको एउटा कम्पनीको शेयर कारोबार भएको छ त्यसले सकारात्मक सर्किट समेत हानेको छ । नेप्सेमा  रिलायन्स लाईफ इन्स्योरेन्सको कारोबार रोक्का रहेको छ ।  सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडसंग मर्ज हुने सम्झाय्ता गरेपछि दुवै कम्पनीको कारोबार रोक्का रहेको छ।  तर शुक्रबार अचानक रिलायन्सको कारोबार सुरु भयो र कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेको छ ।  यो समाचार तयार पार्दासम्म कम्पनीको १०० कित्ता कारोबार भएको छ र अन्तिम मूल्य ३६८.५ रुपैयाँ कायम रहेको छ। नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले यसबारे आफुलाई भर्खर थाहा भएको र समबन्धित विभागमा बुझे पछि मात्र के भएको हो भन्न सकिने बताएका छन्  । गत असार २९ गते  सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स बराबर हैसियतमा मर्ज हुने सम्झौता गरेका थिए ।   बीमा समितिले  आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन जारी गरेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउनु पर्न  छ । 

सम्बन्धित सामग्री

कारोबारमै नरहेको रिलायन्सको सेयर मूल्यमा कसरी लाग्यो सकारात्मक सर्किट ?

१३ साउन काठमाडौं । मर्जर सम्झौता गरेपछि कारोबार रोक्का रहेको रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर शुक्रबार नेप्सेमा कारोबार भएको छ । कम्पनीको सेयर मूल्य ३३.५० रुपैयाँ (१० प्रतिशत) ले बढेर सकारात्मक सर्किट लागेपछि मात्रै त्यसमा सबैको ध्यान पुगेको हो । असार अन्तिम साता कम्पनीले सानिमा लाइफ इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेपछि कारोबार रोक्का भएको थियो । कम्पनीको […]

मर्जमा जाने चर्चाको कारण मेगा बैंकको शेयर मूल्यमा सर्किट, को हो पार्टनर ?

बिहिबार मेगा बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज मेगको शेयर मूल्य १० प्रतिशत अर्थात् २२ रुपैयाँ ५० पैसाले बढेर २४७ रुपैयाँ ५० पैसामा बन्द भएको छ ।आज मेगाको २ लाख २५ हजार ६ सय २८ कित्ता शेयर खरिद बिक्रिबाट ५ करोड ४२ लाख १४ हजार ४ सय ६२ रुपैयाँको कारोबार भएको छ ।नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने चर्चा चलेपछि मेगा बैंकको शेयर मूल्यमा सर्किट लागेको बताईएको छ । स्रोतका अनुसार इन्भेष्टमेन्ट र मेगा बीचको मर्जरको लागि प्रारम्भिक स्वाप पनि तय भईसकेको छ । हिमालयन बैंकसँगको मर्जर टुटेपछि इन्भेष्टमेन्टले मेगासँग मर्जरको लागि प्रक्रिया अगाडी बढाएको स्रोतको दाबी छ। ९० प्रतिशत हाराहारीको स्वापमा प्रक्रिया अगाडी बढेको तर यसमा केहि तलमाथि पनि हुन सक्ने स्रोतको भनाई छ  ।हाल इन्भेष्टमेन्ट बैंकको भने कारोबार रोक्का छ । बैंकले हिमालयन बैंकसँग मर्जरमा जाने निर्णय गरेपछि बैंकको कारोबार रोकिएको थियो । मर्जर भाडिएपछि अझै पनि कारोबार रोक्का छ । यद्यपि नेपाल राष्ट्र बैंकले इन्भेष्टमेन्ट बैंकको आधारभूत शेयरधनीको कारोबार रोक्का राखेर अन्य शेयर फुकुवा गर्न सकिने पत्र पठाएपछि नेप्से र सिडीएसले सोहि अनुसार बैंकको कारोबार खुलाउन तयारी गरिरहेको छ । इन्भेष्टमेन्ट बैंकको अन्तिम कारोबार मूल्य ४०८ रुपैयाँ ४९ पैसा रहेको छ ।