कालिका पावर र यूनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट

साउन २०, काठमाडौं ।  साताको  चौथो कारोबार दिन बुधवार बजार खुलेको एक घण्टाको अवधिमा दुई ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  कालिका पावर र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । ती दुबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ ।  ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । यूनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य प्रतिकित्ता रू.४३८ दशमलव ९० पुगेको छ । सो अवधिसम्ममा उक्त कम्पनीको शेयरमा सर्वाधिक १० लाख ३१ हजार २०३ कित्ता शेयर खरीद माग रहेको छ । त्यसैगरी कालिका पावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७४८ पुगेको छ ।   

सम्बन्धित सामग्री

खानीखोला हाइड्रोपावर र यूनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सर्किट

साउन ३१, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार दुई ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बजार खुलेको १० मिनेटको अवधिमा खानीखोला हाइड्रोपावर र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । ती दुबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । खानीखोला हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता रू. ४१८ र यूनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य रू.८५४ दशमलव ७० मा कारोबार भइरहेको छ ।ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।

महालक्ष्मी  विकास बैंकसहित ६ ओटा  कम्पनीको शेयरमूल्यमा सर्किट

साउन २८, काठमाडौं । साताको अन्तिम कारोबार दिन बजार खुलेको साढे २ घण्टामा कारोबारमा आएका २१५ ओटा कम्पनी मध्ये ६ ओटा  कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक, रु रु जलविद्युत् परियोजना, जीवन विकास लघुवित्त वित्तीय संस्था र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमा मूल्यमा सर्किट लागेको छ ।  ६ ओटा कम्पनीमध्ये यूनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ भने बाँकी कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएकाले सकारात्मक सर्किट लागेको हो । बजार बढेसँगै विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।  जीवन विकास लघुवित्तको शेयरमूल्य रू. २ हजार ४२५ दशमलव ५०, महालक्ष्मी विकास बैंकको रू. ६२३ दशमलव ७०, रु रु जलविद्युत् परियोजनाको रू. १ हजार ३३१, कामना सेवा विकास बैंकको रू. ७१२ दशमलव ८०, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको रू. ५७८ दशमलव ६० र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको रू. ७७७ पुगेको हो ।  बिहीवार अधिकांश विकास बैंक कम्पनीहरुको शेयरमूल्य उच्च दरमा वृद्धि भएको छ । सोही कारण उक्त समूहको परिसूचक ७ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ ।

जीवन विकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सर्किट

साउन २५, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार जीवन विकास लघुवित्त वित्तीय संस्था र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जीवन विकास लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र यूनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ ।  ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । जीवन विकास लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ८२२ दशमलव ४० र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य रू. ५८३ दशमलव ९० पुगेको छ ।  ती दुबै कम्पनीले केही समय अगाडि मात्र आईपीओ निष्कासन गरेका थिए । केहिदिन अघिमात्र दोस्रो बजारमा ती कम्पनीको कारोबार भएकाले पनि यो दिनको कारोबारमा विक्रेताभन्दा क्रेता धेरै भएका हुन् ।  यो समाचार तयार पार्दाको समय १२ : ४८ बजेसम्ममा मार्केट डेप्थमा हेर्दा यूनियन लाइफ इन्स्योरेन्सको ५ लाख ८० हजार ६६३ कित्ता खरीद माग रहेको छ भने जीवन विकास लघुवित्तको ४ लाख ५३ हजार ८२ कित्ता शेयर खरीद माग रहेको हो । दुबै कम्पनीको शेयरमा विक्रेता भने शून्य देखिएका छन् ।

अपि पावरसहित ७ ओटा कम्पनीको शेयरमूल्यमा सर्किट, कुन - कुन कम्पनीको बढ्यो ?

साउन २४, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार अपि पावरसहित सात ओटा कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ । यो दिन कारोबारमा आएका २२७ ओटा कम्पनीमध्ये सात ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । अपि पावर, कम्पनी,कर्पोरेट डेभलपमेण्ट बैंक,युनिभर्सल पावर कम्पनी,जीवन विकास लघुवित्त वित्तीय संस्था,ङादी ग्रुप पावर कम्पनी, यूनियन लाइफ इन्स्योरेन्स र कर्णाली डेभलपमेण्ट बैंकको शेयरमा सकारात्मक सर्किट लागेको हो ।  अपि पावर कम्पनी,कर्पोरेट डेभलपमेण्ट बैंक,युनिभर्सल पावर र जीवन विकास लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो ।  त्यसैगरी ङादी ग्रुप पावर र यूनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ । कर्णाली डेभलपमेण्ट बैंकको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ३४ प्रतिशतले वृद्धि भएको हो ।  ती सात ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । अपि पावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६०७ दशमलव २०,कर्पोरेट डेभलपमेण्ट बैंकको रू. ८८०, युनिभर्सल पावरको रू. ५३४ दशमलव ४०,जीवन विकास लघुवित्तको रू. १ हजार ६५६ दशमलव ६० पुगेको हो । त्यसैगरी ङादी ग्रुप पावरको रू. १ हजार ६५ दशमलव ६०,युनियन लाइफ इन्स्योरेन्सको रू.५३० दशमलव ९० र कर्णाली डेभलपमेण्ट बैंकको शेयर मुल्य प्रतिकित्ता रू.४८९ दशमलव ५० पुगेको हो ।

यूनियन लाइफ  र ङादी ग्रुप पावरको शेयरमूल्यमा सर्किट

साउन २४, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको आधा घण्टाको अवधिमा दुई ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  यूनियन लाइफ इन्स्योरेन्स र ङादी ग्रुप पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । ती दुबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा आइतवार ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ ।  दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो ।  यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५३० दशमलव ९० र ङादी ग्रुप पावरको रू.१ हजार ६५ दशमलव ६० मा कारोबार भइरहेको छ ।

जीवन विकास लघुवित्तसहित ४ ओटा कम्पनीको शेयरमूल्यमा सर्किट

साउन २१, काठमाडौं । हप्ताको अन्तिम कारोबार दिन बजार खुलेको साढे दुई घण्टाको अवधिमा चार ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  जीवन विकास लघुवित्त वित्तीय संस्था, कर्णाली डेभलपमेण्ट बैंक, नेपाल फाइनान्स र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।  नेपाल फाइनान्स, कर्णाली डेभलपमेण्ट बैंक र जीवन विकास लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ ।  त्यस्तै, यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको हो । यी चार ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।  नेपाल फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. ७२० दशमलव ५०, कर्णाली डेभलपमेण्ट बैंकको रू. ४४७ दशमलव ७०,जीवन विकास लघुवित्तको रू. १ हजार ५०६ दशमलव २० र यूनियन लाइफ इन्स्योरेन्सको शेयरमूूल्य रू. ४८२ दशमलव ७० पुगेको हो ।

यूनियन लाइफ इन्स्योरेन्स र घलेम्दी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट

साउन १९, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको सवा दुई घण्टाको अवधिमा दुई ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  उक्त अवधिसम्ममा कारोबारमा आएका २२० ओटा कम्पनीमध्ये घलेम्दी हाइड्रो लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।  घलेम्दी हाइड्रोको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९८ प्रतिशत र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ ।   यी दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । घलेम्दीको शेयरमूल्य प्रतिकित्ता रू.४६७ दशमलव १० र यूनियन लाइफ इन्स्योरेन्सको रू. ३९९  पुगेको छ । उक्त अवधिसम्ममा यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमा सर्वाधिक १९ लाख ६ हजार ४६४ कित्ता शेयर खरीद माग रहेको छ ।