४६ अंकले घट्यो नेप्से सूचक, २ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

आज मंगलबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक ४६.०८ अंकले घटेर २०३०.५९ को बिन्दुमा पुगेर रोकिएको छ ।आज कारोबारमा आएका २२९ कम्पनीका ८६ लाख १३ हजार ४ सय ८९ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २ सय २३ रुपैयाँ ९५ पैसाको कारोबार भएको छ । जस मध्ये सानिमा बैंकको संस्थापक शेयरको सबैभन्दा धेरै ३० करोड २० लाखको कारोबार भएको छ । त्यस्तै अरुण काबेलीको ११ करोड ८२ लाखको कारोबार भएको छ भने शिवम् सिमेन्टको १० करोड ६० लाखको कारोबार भएको छ।आज कारोबारमा आएका मध्ये सीवाईसी नेपाल लघुवित्त र ङादी ग्रुप पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आँधिखोला लघुवित्तको शेयर मूल्य ९.६१ प्रतिशतले बढेको छ  । त्यस्तै स्वाभिमान लघुवित्तको शेयर मूल्य ८.१० प्रतिशतले बढेको छ  । आज घलेम्दी हाइड्रोको शेयर मूल्य सर्वाधिक ६.६० प्रतिशतले घटेको छ भने दिब्यश्वरी हाइड्रोको शेयर मूल्य ५.९२ प्रतिशत तथा अजोड इन्स्योरेन्सको शेयर मूल्य ५.८६ प्रतिशतले घटेको छ  । आज कारोबारमा आएका मध्ये सबै समुहगत सूचक घटेका छन्  । जस मध्ये ट्रेडिङ समुह सर्वाधिक ३.८८ प्रतिशतले, अन्य समुह ३.८३ प्रतिशतले, र फाइनान्स समुह ३.५३ प्रतिशतले घटेको छ  ।

सम्बन्धित सामग्री

आज शुक्रबार पनि घट्यो नेप्से सूचक, ७३ करोड ६२ लाखको कारोबार

आज शुक्रबार पनि शेयर बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक ७.५७ अंकले घटेर १९७१.३६ को बिन्दुमा  पुगेको छ । आज कारोबारमा आएका २२० कम्पनीका २३ लाख ५४ हजर ९ सय ११ कित्ता शेयर खरिद बिक्रिबाट ७३ करोड ६२ लाख ३५ हजार २ सय ९८ रुपैयाँको कारोबार भएको छ । जस मध्ये सबैभन्दा धेरै नेपाल टेलिकमको १० करोड १४ लाख बराबरको कारोबार भएको छ । त्यस्तै सेन्चुरी कमर्शियल बैंकको ६ करोड ४७ लाख, एनसीसी बैंकको ४ करोड ९ लाख, कुमारी बैंकको २ करोड ८६ लाख, तथा लक्ष्मी बैंकको २ करोड  २६ लाखको कारोबार भएको छ ।आज आधिखोला लघुवित्तको शेयर मूल्यमा  सकारात्मक सर्किट लागेको छ भने सीवाईसी नेपाल लघुवित्तको शेयर मूल्य ४.०२ प्रतिशतले बढेको छ । आज रिभर फल्स पावरका लगानीकर्ताले सर्बाधिक ५.९३ प्रतिशत गुमाएका छन् भने बुद्धभुमि हाइड्रोका लगानीकर्ताले ४.६४ प्रतिशत गुमाएका छन् । आज कारोबारमा आएका म्युचुअल फण्ड बाहेकका सबै समुहगत सूचक घटेका छन् । आज शुक्रबार २ घण्टा शेयर कारोबार भएको हो ।  नेप्से सञ्चालक समितिको जेठ ३० गते गतेको बैठकले सार्वजनिक विदाका दिन बाहेक अन्य दिनमा आइतबारदेखि शुक्रबारसम्म शेयर कारोबार खुला गर्ने निर्णय गरेको थियो ।जस अनुसार असारदेखि आइतबार देखि बिहिबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म शेयर कारोबार गर्ने र शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म शेयर कारोबार हुने निर्णय नेप्सेले गरेको थियो ।