ज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट, प्रतिकित्ता मूल्य रू. ६२१.५० पुग्यो

फागुन २९, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार कारोबारमा आएका २२५ ओटा धितोपत्रमध्ये ज्योति लाइफ इन्स्योरेन्सको धितोपत्र मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६२१ दशमलव ५० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा १५ हजार २०३ कित्ता शेयर खरीद माग छ भने विक्री माग शून्य रहेको छ । त्यसैगरी, यस कम्पनी बाहेक कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएर रू. ५४९ दशलमव ४० पुगेको छ ।

सम्बन्धित सामग्री