काठमाडौँ : काठमाडौँ महानगरपालिकालाई फोहोर ढुवानी गर्न पेशा तथा व्यवसाय क्षेत्रबाट सहयोग सुरु भएको छ। यस क्रममा बिहीबार विहान नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले पठाएका १८ वटा टिपर फोहोर बोकेर ल्याण्डफिल साइट गएका हुन्। समितिले उपलब्ध गराएका टिपरलाई महानगरले हरेक टिपका लागि २३ लिटर डिजेल र श्रमिकलाई एक दिनको १ हजार पारिश्रमिक उपलब्ध गराउनेछ। यता समानान्तर निर्माण सेवाले पूर्ण निःशुल्क सेवा दिने गरी ३० वटा ट्रिपर उपलब्ध गराएको छ। यी टिपर पनि विहानै फोहोर बोकेर ल्याण्डफिल साइ