काठमाडौं : सत्तारूढ पाँच दलीय गठबन्धनको बैठकले स्थानीय कार्यपालिकाको निर्वाचन र जिल्ला समन्वय समितिको निर्वाचनमा पनि गठबन्धनलाई कायम राख्न निर्देशन दिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको बैठकले कार्यपालिका र जिससमा पनि गठबन्धन कायम राख्न निर्देशन दिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको स्वकीय सचिव रमेश मल्लले बताए। बैठकमा स्थानीय निर्वाचनको समीक्षा गरेको समेत बताए। बैठकमा गठबन्धनका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनत