सुर्खेत : कर्णालीमा आपराधिक घटना बढ्दै गएका छन्। टाढा टाढा बस्ती भएका कारण प्रहरीको पहुँचमा नहुनु तथा पर्याप्त निगरानी नहुँदा आपराधिक घटनामा वृद्धि भएको हो।एउटा गाउँबाट अर्को गाउँमा जान दिनभरि हिँड्नुपर्ने अवस्थाले गर्दा आपराधिक घटना बढ्न सजिलो भएको छ। ठूलो भूगोल तर छरिएर रहेका बस्तीका कारण पर्याप्त सुरक्षाको पहुँच पुग्न नसकेको प्रहरी नै स्वीकार्छन्। अन्य समयमा घरबाहिर हुने तर चाड पर्वमा घरमा फर्केने युवा, युवतीले आफन्तको गुनासो सुनेर रिस फर्ने गरेको समेत खुलेको छ। सामाजिक सञ्जालमा जथाभावी