कर्णालीमा कोरोना : फेरि उकालो लाग्दै संक्रमणको ग्राफ !

कर्णाली प्रदेशमा पुनः कोरोना भाइरसको संक्रमण दरको ग्राफ उकालो लाग्न थालेको छ । असार महिनामा झण्डै शून्यमा झर्न थालेको संक्रमणको जालो साउन महिना सुरु भएसँगै ग्राफ  उकालो लाग्न थालेको हो । पछिल्लो  समय १० वटै जिल्ला प्रशासनले निषेधाज्ञा खुकुलो पारेका छन् ।  जसका कारण कोरोना संक्रमणको दर पनि उकालो लाग्न थालेको जनस्वास्थ्यविद्हरुले बताएका छन् । कोरोनाको ‘हटस्पोट’ बनेको सुर्खेतमा वैशाख १४ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो । परिणाम स्वरुप: असार सम्म कोरोना नियन्त्रणमा आईसक