सुर्खेतमा कोरोनाको ग्राफ ह्वात्तै बढेपछि निषेधाज्ञा गर्ने भएको छ । मंगलबार (भोलि) राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो । जिल्ला कोरोना संकट व्यवस्थापन समितिले भोलि राति १२ बजेदेखि एक हप्ता निषेधाज्ञा लागू गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने, ‘कोरोना नियन्त्रणभन्दा बाहिर जान थालेपछि निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।’ सुर्खेतमा मात्रै ३०० बढी सक्रिय कोरोना संक्रमित रह