पर्वत : देशभरको शिक्षकहरू विभिन्न माग राखी अनसनमा बसेका छन्। नेपाल शिक्षक महासंघ आह्वानमा ३४ बुँदे मागसहित एक दिने रिले अनसनमा बसेका हुन्।देशैभरका गाउँपालिका, नगरपालिका तथा महानगरपालिकाको कार्यालय र शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म रिले अनसनमा बसेका हुन्। जिल्ला आन्दोलन परिचालन समिति पर्वतका संयोजक तथा नेपाल शिक्षक संघ पर्वतका अध्यक्ष केशवप्रसाद भण्डारीका अनुसार शिक्षकहरुले विगतदेखि नै राख्दै आएका माग पूरा गराउन तथा राज्यसँग भएका विगतका सहमतिहरू कार्य