विश्वका १० प्रतिशत जनसंख्या अर्थात् ८२ करोड ८० लाख मानिस हरेक रात भोकै सुत्ने गरेको तथ्यांक संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको छ । संयुक्त राष्ट्रसंघीय खाद्य र कृषि संगठन (एफएओ) को तथ्यांक अनुसार पछिल्लो एक वर्षमा मात्रै ४ करोड ६० लाख थप मानिसहरू भोकमरीको शिकार बनेका छन् ।