झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल रु ८० लाख बढी रकम लिएर तीन महिनाअघिदेखि फरार रहेका खुलासा भएको छ । दमक–८ निवासी ५२ वर्षीय खनाल गत मङ्सिरदेखि नै सहकारीसहित विभिन्न सात व्यक्तिको रु ८० लाख बढी ऋण रकम लिएर फरार भएका हुन् । उनी गत मङ्सिर २९ गतेसम्ममा कार्यालय आइपुग्छु भन्ने जानकारी रहेकामा हालसम्म पनि कार्यालयको सम्पर्कमा नआएको व्यवस्थापक ललिता तामाङले बताइन् । अध्यक्ष खनालले संस्थाको बचत रकमसहित विभिन्न व्यक्तिको सापटी भन्दै ऋण लिएप