स्वच्छ र निष्पक्ष पत्रकारिताले समाजमा ठूलो परिवर्तन ल्याउन सक्छ । त्यसैले, पत्रकारितालाई राज्यको चौथो अङ्गको रुपमा लिइन्छ । सञ्चारकर्मीहरुको हक हितको लागि आवाज उठाउन नेपाल पत्रकार महासंघको स्थापना भएको छ । पत्रकार महासंघ श्रमजीवी र व्यावसायिक मैत्रीपूर्ण संस्थाको रुपमा पत्रकारहरुको साझा छाताको रुपमा रहेको छ । महासंघको पछिल्लो केही महाधिवेशनबाट आदिवासी जनजाति, महिला, दलित, पिछडिएको क्षेत्र लगायत पत्रकारको लागि छुट्टाछुट्टै कोटा छुट्याएर समावेशी बनाउने प्रयास गरिएको छ । जसमा आदिवासी जनजातिका