विप्रेषण कम्पनीमाथि कडाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रेषण (रेमिट्यान्स) कारोबार गर्ने कम्पनीहरूलाई कडाइ गरेको छ । केन्द्रीय बैंकले मंगलवार विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायहरूलाई जारी गरिएको एकीकृत परिपत्र– २०७६ लाई संशोधन गर्दै विप्रेषण प्रयोजनका लागि सबै मुद्राको विनिमय दर प्रकाशन गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । हालसम्म फेडानमार्फत अमेरिकी डलर (यूएसडी) र नेपाली मुद्राको विनिमय दर औसत खरीद दर तय गरी प्रत्येक दिन विप्रेषण विनिमय दरका रूपमा प्रकाशित गर्दै आएकोमा अब नेपाल राष्ट्र बैंकले राख्ने सबै देशका मुद्राको समेत फेडानको दरमा राख्नुपर्ने छ । उक्त दरलाई आधार मानी बैंक तथा वित्तीय संस्था र विप्रेषण कम्पनीहरूले विप्रेषण प्रयोजनका लागि समान विनिमय दर कायम गर्नुपर्नेछ । यसरी फेडानले दैनिक दुईपटक प्रकाशन गर्ने विप्रेषण विनिमयदर इजाजतपत्रप्राप्त सबै बैंक तथा वित्तीय संस्था र विप्रेषण कम्पनीहरूलाई उपलब्ध गराउन निर्देशन दिएको छ । त्यस्तो विनिमय दरको विवरण फेडानले प्रत्येक दिन विदेशी विनिमय व्यवस्थापन विभागमा समेत पठाउनुपर्नेछ । फेडान विप्रेषणका लागि विनिमय दर निर्धारण गर्ने संस्था हो । विप्रेषण कारोबार गर्ने सबै इजाजतपत्रप्राप्त संस्थाहरूले फेडानको सदस्यता लिनुपर्ने हुन्छ । राष्ट्र बैंक विदेशी विनिमय विभागका निर्देशक गुरुप्रसाद पौडेलका अनुसार विदेशबाट विप्रेषण पठाउने नेपालीहरूका लागि एउटै दर होस् भनेर यो व्यवस्था गरेको हो । ‘मलेशियामा जुनसुकै एजेन्टकोमा जाँदा पनि त्यो दिनको मलेशियाली रियादको दर एउटै होस् । हालसम्म अमेरिकी डलर र नेरूको अरू देशसँग क्रश दर निकाल्दा १–२ पैसा तल पर्ने देखियो । यसले गर्दा नेपालीहरू अलिकति ठगिएको हो कि भन्ने गुनासो आएकाले दरमा एकरूपता कायम गर्न यस्तो व्यवस्था गरिएको हो,’ उनले भने । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विप्रेषण कम्पनीहरूले आफ्ना एजेन्ट तथा सबएजेन्टहरूसँग कति कमिशन दिने भन्ने सम्झौतामा उल्लेख गरेबाहेकका अरू आर्थिक तथा गैरआर्थिक सुविधा नदिन निर्देशन दिएको छ । कमिशनबाहेकको सुविधा दियो भने नेपाल भित्रिने पैसा कम आउने भएकाले यसलाई पारदर्शी बनाउन एकीकृत निर्देशनमा थप व्यवस्था गरेको राष्ट्र बैंकले बताएको छ । नेपालमा विप्रेषण भुक्तानी दिने विप्रेषण कम्पनीका सबएजेन्टहरू छन् । यस्ता सबएजेन्टबाट कुनै ग्यारेन्टी दिनुपरेमा नगदमा लिन नपाउने तर यसलाई बैंक ग्यारेन्टीका रूपमा लिनुपर्ने निर्देशन दिएको छ । यो व्यवस्थाले विप्रेषण कारोबार गर्ने कम्पनीलाई कडाइ गर्न खोजे पनि पारदर्शी बनाउने राष्ट्र बैंकको भनाइ छ ।

सम्बन्धित सामग्री

विप्रेषण पठाउने वैधानिक च्यानल बनाइदिन आग्रह

काठमाडौं : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मकाउले नेपालमा पैसा पठाउन वैधानिक च्यानलको व्यवस्था गरिदिन सरकारसँग माग गरेको छ।  मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पाँचबुँदे ध्यानाकर्षण पत्र दिँदै एनआरएनए मकाउले सरकारकै पहलमा विप्रेषण (रेमिट्यान्स) कम्पनी खोलिदिन आग्रह गरेको हो। पैसा पठाउने वैधानिक विप्रेषण कम्पनी नहुँदा मकाउमा रहेका नेपाली हुण्डीको प्रयोग गर्न बाध्य भएको एनआरएनए मकाउको गुनासो छ।  एनआरएनए मकाउले हङकङको ट्रान्जिट भिसाको समस्या हल गर्न पनि सरकारसँग माग गरेको ...

आईएमई सबैभन्दा धेरै कर तिर्ने विप्रेषण कम्पनी, चन्द्र ढकाल सम्मानित

आईएमई रेमिटेन्स कम्पनीले सबैभन्दा धेरै कर तिरेको छ । विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्नेमा आईएमई परेको हो । सो ग्रुपका संस्थापक अध्यक्ष चन्द्रप्रसाद ढकाल सबैभन्दा बढी कर तिरेबापट सम्मानित भएका छन् ।

आन्तरिक विप्रेषण स्थानान्तरणमा कडाइ

काठमाडौं । विप्रेषण आप्रवाहमा निरन्तर कमी आएपछि दबाबमा रहेको नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषण स्थानान्तरणको सीमा घटाएको छ । विदेशबाट विप्रेषण नआईकन आन्तरिक रूपमा रकम स्थानान्तरण गरेर विप्रेषण रकम भुक्तानी भएको पाइएपछि यसलाई केन्द्रीय बैंकले कडाइ गरेको हो । ‘आन्तरिक रकम स्थानान्तरणको कारोबारबारे हामीले १ वर्षदेखि अध्ययन गरिरहेका थियौं,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘विदेशबाट विप्रेषण नेपाल नआउने तर देशभित्रैबाट रकम स्थानान्तरण गरेर ग्राहकलाई भुक्तानी गरेको पाइएकाले यसमा कडाइ गरेका हौं ।’ राष्ट्र बैंकले बुधवार निर्देशन जारी गर्दै आन्तरिक रूपमा प्रतिव्यक्ति, प्रतिकारोबार, प्रतिदिन अधिकतम २५ हजारसम्म मात्र आन्तरिक रूपमा रकम पठाउन सकिने सीमा तोकेको छ । यसअघि यस्तो कारोबारको सीमा दैनिक १ लाख रुपैयाँ थियो । नेपाल विप्रेषण कम्पनी एशोशिएशनका पूर्वअध्यक्ष तथा आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल राष्ट्र बैंकको अनुसन्धानमा एकाध कम्पनीले गलत गरेको भेटिए पनि सबै कम्पनीलाई मुछ्न नहुने बताउँछन् । ‘राष्ट्र बैंकको बुझाइमा आन्तरिक रकम स्थानान्तरण सुविधाको दुरुपयोग भयो कि भन्ने छ,’ उनले भने, ‘तर सबै कम्पनीहरूले त्यो काम गरे भनेर मुछ्न मिल्दैन ।’ हुन्डीको कारोबार गर्नेहरूले यो सुविधाको दुरुपयोग गरेको हुनसक्ने उनको अनुमान छ । ‘विप्रेषण कम्पनीहरूले विदेशबाट नआई रकम भुक्तानी दिए भन्ने लाग्दैन,’ पोखरेलले भने, ‘हुन्डीको कारोबार गर्ने व्यक्तिले जिल्ला जिल्लामा भुक्तानी दिन यो सेवा प्रयोग गरेको हुनसक्छ ।’ आन्तरिक विप्रेषण स्थानान्तरणको सीमा घटाए पनि राष्ट्र बैंकले विप्रेषण कम्पनीहरूले नगदमै विप्रेषण भुक्तानी गर्न पाउने रकमको सीमा भने यथावत् राखेको छ । कम्पनीहरूले १ लाख रुपैयाँसम्म विप्रेषण नगदमै भुक्तानी दिन पाउँछन् । त्यसभन्दा बढी रकम भने बैंकिङ प्रणालीबाट भुक्तानी गर्नुपर्ने व्यवस्था छ । कोभिड–१९ को महामारी र बन्दाबन्दीको समयमा पनि बढेको विप्रेषण (आप्रवाह) चालू आर्थिक वर्ष (आव) को शुरूदेखि निरन्तर घटिरहेको छ । चालू आवको पुससम्ममा ४ खर्ब ६८ अर्ब ४५ करोड विप्रेषण भित्रिए पनि वृद्धिदर भने गत आवको तुलनामा ५ दशमलव ५ प्रतिशतले घटेको छ । यसैगरी चालू आवको साउनमा १८ दशमलव १, भदौमा ६ दशमलव ३, असोजमा ७ दशमलव ६, कात्तिकमा ७ दशमलव ५ र मङ्सिरमा ६ दशमलव ८ प्रतिशतले विप्रेषण घटेको थियो । राष्ट्र बैंकका अनुसार हाल नेपाल राष्ट्र बैंकबाट अनुमति लिएर ४२ ओटा कम्पनीले विप्रेषणको कारोबार गर्दै आएका छन् । विप्रेषण कम्पनीहरूले विदेशबाट रकम ल्याउने कारोबार मात्र गर्ने अन्तरराष्ट्रिय अध्यास भए पनि नेपालमा भने आन्तरिक विप्रेषणको समेत कारोबार गर्दै आएका छन् । ‘विप्रेषणको परिभाषाभित्र आन्तरिक रकम हस्तान्तरणको काम पर्दैन,’ राष्ट्र बैंकका अधिकारीले भने, ‘नेपालमा भने एउटै कम्पनीलाई दुवै काम गर्न दिएर गलत भइरहेको छ ।’ पछिल्लो समय राष्ट्र बैंकले भुक्तानी प्रणाली विभाग बनाएर आन्तरिक रकम हस्तान्तरणका लागि छुट्टै लाइसेन्स पनि दिन थालेको छ । हालसम्म आईएमई पे, प्रभु पे र इसेवाले यस्तो लाइसेन्स लिएका छन् ।

आन्‍तरिक रेमिटको सीमा घटाइयो, दैनिक कारोबार सीमा २५ हजार

काठमाडौं : नेपाल राष्ट्र बैंकले आन्‍तरिक रेमिटको सीमा घटाएर २५ हजार रुपैयाँमा झारेको छ। बैंकले बुधबार सूचना जारी गर्दै अनुमतिप्राप्त विप्रेषण कम्पनी तथा उक्त कम्पनीका सब-एजेण्ट वा सबरिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्दा एकजनाले एउटा कारोबारबापत दिनमा बढीमा एक लाख रुपैयाँसम्म रकम स्थानान्तरणको सीमालाई ७५ प्रतिशतले घटाएको हो। तर विदेशबाट नेपालमा रहेका…

आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने सीमा घट्यो, अब २५ हजारमात्र पठाउन पाईने

स्वदेशमा रकम स्थानान्तरण अर्थात् डोमेस्टिक रेमिट्यान्स पठाउन मिल्ने सीमा घटेको छ । राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्दा प्रति व्यक्ति, प्रति कारोबार, प्रति दिन अधिकतम सीमा घटाएको हो । विप्रेषण कम्पनी तथा उक्त कम्पनीका सब-एजेण्ट वा सबरिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्दा प्रति व्यक्ति, प्रति कारोबार, प्रति दिन अधिकतम रू.१,००,०००/- (अक्षरेपी एकलाख) सम्मको कारोबार गर्न सकिने व्यवस्था रहेकोमा उक्त सीमालाई मिति २०७८/११/१८ देखि लागु हुने गरी रु.२५,०००/- (अक्षरेपी पच्चीस हजार) सम्म मात्र गर्न सकिने गरी संशोधन गरेको हो । तर विदेशबाट नेपालस्थित सम्बन्धित व्यक्ति वा आफन्त (वेनिफिसियरी) लाई पठाएको विप्रेषण रकम नगदमै भुक्तानी गर्न सकिने सीमा भने पूर्ववत रुपमा यथावत नै रहेको छ ।

विप्रेषण कम्पनीलाई मर्जरको बाटो खुला

नेपाल राष्ट्र बैङ्कले विप्रेषण कम्पनीलाई मर्जर तथा एक्विजिसनमा जाने बाटो खुलाएको छ । राष्ट्र बैङ्कले विप्रेषण विनियमावली, २०६७ खारेज गरी विप्रेषण विनियमावली, २०७९ जारी गरेसँगै मर्जर र एक्विजिसनको बाटो खुलेको हो । शुक्रबार जारी गरिएको नेपाल राष्ट्र बैङ्कले विप्रेषण विनियमावली, २०७९ को परिच्छेद ७ को नियम २० मा इजाजतपत्र प्राप्त विप्रेषण कम्पनी एकआपसमा गाभ्न, गाभिन वा प्राप्ति गर्न सक्ने व्यवस्था मिलाएको हो ।

अमेरिकाबाट सहजै पैसा पठाउन सकिने

अमेरिकामा रहेका नेपालीलाई स्वदेशमा पैसा पठाउन अब सहज हुने भएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकले अमेरिकाको अनलाइन नगद भुक्तानी सेवा प्रदायक विप्रेषण कम्पनी पेपलबाट विप्रेषण सेवाको सुरुआत गरेको जनाएको छ । सो सेवाको सुरुआतपछि अमेरिकामा रहेका नेपालीले त्यहाँस्थित कुनै पनि बैंकमा रहेको आफ्नो खाता प्रयोग गरी पेपलमार्फत नेपालमा पृथ्वी रेमिटबाट भुक्तानी हुने गरी रकम पठाउनसक्ने…

अमेरिकाबाट पे-पल इन्कमार्फत इन्भेष्टमेन्ट बैंकले थाल्यो रेमिट्यान्स सेवा

९ पुस, काठमाडौं । अमेरिकामा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उदेश्यले नेपाल इन्भेष्टमेण्ट बैंकले अमेरिकास्थित अनलाईन नगद भुक्तानी सेवा प्रदायक विप्रेषण कम्पनी पे-पल इन्क -जुम)साग रेमिट्यान्स सेवाको सुरुवात गरेको छ । यस सेवाको सुरुवात पछि अमेरिकामा रहेका नेपालीहरुले त्यहाास्थित कुनै पनि बैंकमा रहेको आफ्नो खाता प्रयोग गरी पे-पल …