आन्तरिक विप्रेषण स्थानान्तरणमा कडाइ

काठमाडौं । विप्रेषण आप्रवाहमा निरन्तर कमी आएपछि दबाबमा रहेको नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषण स्थानान्तरणको सीमा घटाएको छ । विदेशबाट विप्रेषण नआईकन आन्तरिक रूपमा रकम स्थानान्तरण गरेर विप्रेषण रकम भुक्तानी भएको पाइएपछि यसलाई केन्द्रीय बैंकले कडाइ गरेको हो । ‘आन्तरिक रकम स्थानान्तरणको कारोबारबारे हामीले १ वर्षदेखि अध्ययन गरिरहेका थियौं,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘विदेशबाट विप्रेषण नेपाल नआउने तर देशभित्रैबाट रकम स्थानान्तरण गरेर ग्राहकलाई भुक्तानी गरेको पाइएकाले यसमा कडाइ गरेका हौं ।’ राष्ट्र बैंकले बुधवार निर्देशन जारी गर्दै आन्तरिक रूपमा प्रतिव्यक्ति, प्रतिकारोबार, प्रतिदिन अधिकतम २५ हजारसम्म मात्र आन्तरिक रूपमा रकम पठाउन सकिने सीमा तोकेको छ । यसअघि यस्तो कारोबारको सीमा दैनिक १ लाख रुपैयाँ थियो । नेपाल विप्रेषण कम्पनी एशोशिएशनका पूर्वअध्यक्ष तथा आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल राष्ट्र बैंकको अनुसन्धानमा एकाध कम्पनीले गलत गरेको भेटिए पनि सबै कम्पनीलाई मुछ्न नहुने बताउँछन् । ‘राष्ट्र बैंकको बुझाइमा आन्तरिक रकम स्थानान्तरण सुविधाको दुरुपयोग भयो कि भन्ने छ,’ उनले भने, ‘तर सबै कम्पनीहरूले त्यो काम गरे भनेर मुछ्न मिल्दैन ।’ हुन्डीको कारोबार गर्नेहरूले यो सुविधाको दुरुपयोग गरेको हुनसक्ने उनको अनुमान छ । ‘विप्रेषण कम्पनीहरूले विदेशबाट नआई रकम भुक्तानी दिए भन्ने लाग्दैन,’ पोखरेलले भने, ‘हुन्डीको कारोबार गर्ने व्यक्तिले जिल्ला जिल्लामा भुक्तानी दिन यो सेवा प्रयोग गरेको हुनसक्छ ।’ आन्तरिक विप्रेषण स्थानान्तरणको सीमा घटाए पनि राष्ट्र बैंकले विप्रेषण कम्पनीहरूले नगदमै विप्रेषण भुक्तानी गर्न पाउने रकमको सीमा भने यथावत् राखेको छ । कम्पनीहरूले १ लाख रुपैयाँसम्म विप्रेषण नगदमै भुक्तानी दिन पाउँछन् । त्यसभन्दा बढी रकम भने बैंकिङ प्रणालीबाट भुक्तानी गर्नुपर्ने व्यवस्था छ । कोभिड–१९ को महामारी र बन्दाबन्दीको समयमा पनि बढेको विप्रेषण (आप्रवाह) चालू आर्थिक वर्ष (आव) को शुरूदेखि निरन्तर घटिरहेको छ । चालू आवको पुससम्ममा ४ खर्ब ६८ अर्ब ४५ करोड विप्रेषण भित्रिए पनि वृद्धिदर भने गत आवको तुलनामा ५ दशमलव ५ प्रतिशतले घटेको छ । यसैगरी चालू आवको साउनमा १८ दशमलव १, भदौमा ६ दशमलव ३, असोजमा ७ दशमलव ६, कात्तिकमा ७ दशमलव ५ र मङ्सिरमा ६ दशमलव ८ प्रतिशतले विप्रेषण घटेको थियो । राष्ट्र बैंकका अनुसार हाल नेपाल राष्ट्र बैंकबाट अनुमति लिएर ४२ ओटा कम्पनीले विप्रेषणको कारोबार गर्दै आएका छन् । विप्रेषण कम्पनीहरूले विदेशबाट रकम ल्याउने कारोबार मात्र गर्ने अन्तरराष्ट्रिय अध्यास भए पनि नेपालमा भने आन्तरिक विप्रेषणको समेत कारोबार गर्दै आएका छन् । ‘विप्रेषणको परिभाषाभित्र आन्तरिक रकम हस्तान्तरणको काम पर्दैन,’ राष्ट्र बैंकका अधिकारीले भने, ‘नेपालमा भने एउटै कम्पनीलाई दुवै काम गर्न दिएर गलत भइरहेको छ ।’ पछिल्लो समय राष्ट्र बैंकले भुक्तानी प्रणाली विभाग बनाएर आन्तरिक रकम हस्तान्तरणका लागि छुट्टै लाइसेन्स पनि दिन थालेको छ । हालसम्म आईएमई पे, प्रभु पे र इसेवाले यस्तो लाइसेन्स लिएका छन् ।

सम्बन्धित सामग्री

सिटिजन्स बैंकको रेमिटेन्स सेवा मोबाइल बैंकिङ एपमा

सिटिजन्स बैंकले ग्राहकहरुलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुबिधा प्रदान गर्ने क्रममा सिटिजन्स मोबाइल बैंकिङ एप रेमिटेन्स सेवाको सुरुवात गरेको छ ।अब बैंकका ग्राहकले नेपालभर आन्तरिक विप्रेषण पठाउन तथा प्राप्त गर्न साथै विदेशबाट पठाएको पैसा सिटिजन्स मोबाइल बैंकिङ एप प्रयोग गरी देशको जुनसुकै स्थानमा सुरक्षित एंव सुलभ ढंगबाट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ […]

आन्तरिक रेमिट्यान्सको सीमा घट्यो, एक पटकमा २५ हजार मात्रै पठाउन पाइने

काठमाडौं : नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषण (Domestic Remittance) को सीमा घटाएको छ। केन्द्रीय बैंकले फागुन १८ गतेदेखि लागू हुनेगरी रकम स्थानान्तरणको सीमा घटाएको हो। राष्ट्र बैंकले स्वदेशमा रकम स्थानान्तरण गर्ने सम्बन्धमा बुधबार एक सूचना जारी गर्दै विप्रेषण कम्पनीका ‘सब एजेन्ट’ वा ‘सब रिप्रिजेन्टेटिभ’हरुले स्वदेशमा कारोबार गर्दा प्रतिव्यक्ति, प्रतिकारोबार प्रतिदिन २५ हजार रुपैयाँसम्म मात्रै गर्न पाउने व्यवस्था गरेको छ।यसअघि यस्तो आन्तरिक विप्रेषण कारोबा

देशभित्र प्रतिव्यक्ति दिनमा २५ हजारसम्म मात्र पठाउन पाइने !

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आन्तरिक विप्रेषण(रेमिट्यान्सको) सीमा घटाउँदै एक लाखबाट २५ हजारमा झारेको छ । केन्द्रीय बैङ्कले आज बुधवारदेखि नै लागू हुने गरी रकम स्थानान्तरणको सीमा घटाएको हो। विप्रेषण कम्पनीका ‘सब एजेन्ट’ वा ‘सब रिप्रिजेन्टेटिभ’ हरूले स्वदेशमा कारोबार गर्दा प्रतिव्यक्ति, प्रतिकारोबार प्रतिदिन २५ हजार रुपैयाँसम्म मात्रै गर्न पाउने व्यवस्था राष्ट्र बैङ्कले गरेको हो। यसअघि […]

आन्तरिक विप्रेशणका लागि सेञ्चुरी बैंक

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले मोबाइल बैंकिङ्ग एप ‘सेञ्चुरी पे’ बाट अनलाइन आन्तरिक रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ ।यस अन्तर्गत सेञ्चुरी रेमिट (रेमिट्यान्स सेवा) मोबाइल बैंकिङ्ग एपमा थप गरिएको बैंकले जनाएको छ । यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुले आन्तरिक विप्रेषण सोझै मोबाइल बैंकिङ्ग एपबाट पठाउन सक्नेछन् ।आन्तरिक रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैंकिङ्ग एपमा रहेको सेञ्चुरी रेमिट मार्फत सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुबै सुविधा मध्ये एक रोज्न सकिने बै

कुमारी स्मार्टमार्फत आन्तरिक रेमिटेन्स पठाउन मिल्ने

कुमारी बैंक लिमिटेडले आफ्नो मोबाइल बैकिङ्ग एप्लिकेसन कुमारी स्मार्ट मार्फत नै आन्तरिक विप्रेषण पठाउन मिल्ने व्यवस्था ल्याएको छ । रेमिटकर्ताले प्रापकको नाम र मोबाईल नम्बरको आधारमा देशव्यापी जसलाई पनि रेमिट्यान्स पठाउन सक्नेछन् । रेमिट रकम प्राप्त गर्नका लागी ग्राहकवर्गले कुमारी बैंकका देशव्यापी शाखाहरु र बैंकका १० हजार भन्दा अधिक रेमिट एजेन्ट कार्यालयहरु मार्फत रकम बुझ्न […]

कुमारी स्मार्टमार्फत आन्तरिक रेमिटेन्स पठाउन सकिने

कुमारी बैंक लिमिटेडले आफ्नो मोबाइल बैकिङ्ग एप्लिकेसन कुमारी स्मार्टमार्फत नै आन्तरिक विप्रेषण पठाउन मिल्ने व्यवस्था ल्याएको छ । रेमिटकर्ताले प्रापकको नाम र मोबाईल नम्बरको आधारमा देशव्यापी जसलाई पनि रेमिट्यान्स पठाउन सक्ने भन्दै बैकले रेमिट रकम प्राप्त गर्नका लागी ग्राहकले कुमारी बैंकका देशव्यापी शाखाहरु र बैंकका १० हजारभन्दा अधिक रेमिट एजेन्ट कार्यालयहरु मार्फत रकम बुझ्न सक्ने […]

कुमारी स्मार्टमार्फत आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो मोबाइल बैकिङ्ग एप्लिकेसन कुमारी स्मार्टमार्फत नै आन्तरिक विप्रेषण पठाउन मिल्ने व्यवस्था ल्याएको छ ।\रेमिटकर्ताले प्रापकको नाम र मोबाइल नम्बरको आधारमा देशव्यापी जसलाई पनि रेमिट्यान्स पठाउन सक्नेछन् । रेमिट रकम प्राप्त गर्नका लागी ग्राहकवर्गले कुमारी बैंकका देशव्यापी शाखाहरु र बैंकका १० हजार भन्दा अधिक रेमिट एजेन्ट कार्यालयहरुमार्फत रकम बुझ्न सक्नेछन् ।नेपालमा यस्तो सहज रेमिट भुक्तानी सुविधा सुरुवात गर्ने बैंकमा कुमारी बैंक एक रहेको छ । सो प्रणालीमार्फतको कार