एकीकृत कारोबार गर्दै नेशनल माइक्रोफाइनान्स र महिला सहयात्रा

काठमाडौं। नेशनल माइक्रोफाइनान्स लघुवित्त र महिला सहयात्रा लघुवित्तले असार ३० गतेदेखि एकीकृत रुपमा कारोबार सुरु गर्ने भएका छन्। जेठ २५ गतेको निर्णय अनुसार ‘नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामले एकीकृत कारोबार सुरु हुने भएको हो। कारोबारका लागि नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार २४ गते अन्तिम स्वीकृती दिएको छ।

सम्बन्धित सामग्री

नेप्सेमा नेशनल माइक्रोफाइनान्सको शेयर सुचिकृत

काठमाडौं, २९ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर सुचिककृत गरेको छ । नेप्सेको अनुसार महिला सहयात्रा लघुवित्तलाई प्राप्तिपछि नेशनल माइक्रोफाइनान्स लघुवित्तको नामबाट ९ लाख ९५ हजार ५८८ कित्ता शेयर सुचिकृत गरेको हो । अब महिला सहयात्राका शेयरधनीको खातामा नेशनल माइक्रोफाइनान्स लघुवित्तको नामबाट शेयर आइसकेपछि खरिदविक्री गर्न कम्पनीले जनाएको छ […]

महिला सहयात्रा लघुवित्त र नेशनल माइक्रोफाइनान्सको बोनस शेयर सूचीकृत

असार २३, काठमाडौं । दुई  ओटा अलग - अलग कम्पनीको बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज( नेप्से) मा सूचीकृत भएको छ ।  महिला सहयात्रा लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो । महिला सहयात्राको १ लाख ३३ हजार १ सय कित्ता र नेशनल माइक्रोफाइनान्सको ५ लाख ५४ हजार ४९५ दशमलव शून्य २ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।अव यो शेयर लगानीकर्ताले डिम्याट खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।

महिला सहयात्रा र नेशनल माइक्रोफाइनान्स लघुवित्त समाहित हुने

महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभा सम्पन्न भएको छ । सभाले महिला सहयात्रा लघुवित्तको १०० कित्ता सेयर बापत नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ६८ कित्ता सेयर कायम गरि समाहित गर्न अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।गत जेठ ९ गते गाभ्ने ÷गाभिने सम्वन्धी अन्तिम सम्झौता भई सो अन्तिम सम्झौता अनुसार महिला सहयात्रा […]

महिला सहयात्रा लघुवित्तको विशेष साधारण सभा सम्पन्न

जेठ २५,  काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा मंगलवार  सम्पन्न भएको छ ।  सभाले महिला सहयात्रा लघुवित्तको १०० कित्ता शेयर बापत नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ६८ कित्ता शेयर कायम गरि समाहित गर्न अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । गत जेठ ९ गते गाभ्ने ÷गाभिने सम्वन्धी अन्तिम सम्झौता भई सो अन्तिम सम्झौता अनुसार महिला सहयात्रा लघुवित्तको विशेष साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।   सभामा कम्पनीका अध्यक्ष अमृतचरण श्रेष्ठले प्रतिबेदन प्रस्तुत गरेका थिए । राष्ट्रिय स्तरको कार्यक्षेत्र र १४ करोेड ६४ लाख १० हजार चुक्तापूँजी रहेको उक्त कम्पनीले नेशनल माइक्रोफाइनान्स लघुवित्तमा समाहित हुने प्रस्ताव पनि पारित गरेको छ ।  प्राप्तिपछि नेशनल माइक्रोफाइनान्स लघुवित्त पूँजी, व्यवसाय, शाखा सञ्जालसमेतका हिसावले ठूलो तथा बलियो लघुवित्त वित्तीय संस्था बन्ने कम्पनीले बताएको छ । कम्पनीकोे चुक्तापूँजी करीब ४१ करोड, कुल निक्षेप २ अर्ब ५० करोडभन्दा बढी र कुलकर्जा लगानी १० अर्ब रुपैयाँभन्दा बढि पुग्नेछ । त्यस्तै  सो अवसरमा कम्पनीले १०० ओटा शाखा कार्यालयहरु र ५५० भन्दा बढी कर्मचारीहरु मार्फत करीब १ लाख४० हजार ग्राहकहरुलाई सेवा प्रदान जानकारी दिइएको थियो ।

नेशनल माइक्रोफाइनान्स र महिला सहयात्राको विशेष साधारण सभा मंगलवार हुँदै

जेठ २४, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा मंगलवार हुने  भएको छ । दुबै कम्पनीले छुट्टा - छुट्टै स्थानमा साधारण सभा गर्न लागेका हुन् । नेशनल माइक्रोफाइनान्सले केन्द्रीय कार्यालय धादिङमा बिहान ११ बजे र महिला सहयात्राले  कम्पनीको केन्द्रीय कार्यालय मकवानपुरमा बिहान ११ बजे गर्ने जानकारी दिएको छ ।   सभाको विशेष प्रस्तावमा नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्ने रहेको छ । महिला सहयात्रा लघुवित्तको १०० कित्ता शेयर बराबर नेशनल माइक्रोफाइनान्सको ६८ कित्ता शेयर अनुपातमा नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई प्राप्ति गर्न लागेको हो । सभा भर्चृअल माध्यमबाट हुने कम्पनीले जानकारी दिएका छन् । दुबै कम्पनीको विशेष साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका जेठ १७ गते बन्द भएको छ ।यस आधारमा जेठ १६ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।

नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई प्राप्ति गर्ने

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्नका लागि सैद्दान्तिक स्वीकृति प्राप्त गरेको छ ।धादिङको धादिङबेशीस्थित केन्द्रीय कार्यालय रहेको नेशनल माइक्रोफाइनान्सले मकवानपुरको चित्लाङमा सञ्चालनमा रहेको महिला सहयात्रालाई प्राप्त गर्नका लागि नेपाल राष्ट्र बैंकबाट वैशाख १५ गते स्वीकृति पाएको हो ।दुवै संस्थाका सञ्चालक समितिले आ–आफ्नो साधारणसभाबाट अख्तियारी लिइ प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरी […]

नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने

वैशाख १९, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्नका लागि सैद्धान्तिक स्वीकृती पाएको छ । नेपाल राष्ट्र बैंकले गत वैशाख १५ गते ती दुई ओटा कम्पनीलाई मर्जर तथा प्राप्तिको लागि सैद्धान्तिक स्वीकृती दिएको हो ।  अव ती दुबै कम्पनीले आ आफ्नो विशेष साधारण सभाबाट मर्जर तथा प्राप्ति प्रस्ताव पारित गरी अन्तिम स्वीकृतीको लागि नेपाल राष्ट्र बैकमा निवेदन दिएर स्वीकृती पाएपछि एकीकृत काराबोर शुरु गर्नेछन् ।