नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई प्राप्ति गर्ने

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्नका लागि सैद्दान्तिक स्वीकृति प्राप्त गरेको छ ।धादिङको धादिङबेशीस्थित केन्द्रीय कार्यालय रहेको नेशनल माइक्रोफाइनान्सले मकवानपुरको चित्लाङमा सञ्चालनमा रहेको महिला सहयात्रालाई प्राप्त गर्नका लागि नेपाल राष्ट्र बैंकबाट वैशाख १५ गते स्वीकृति पाएको हो ।दुवै संस्थाका सञ्चालक समितिले आ–आफ्नो साधारणसभाबाट अख्तियारी लिइ प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरी […]

सम्बन्धित सामग्री

नेशनल माइक्रोफाइनान्सको एकीकृत कारोबार सुरू

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेर बुधबारदेखि एकीकृत कारोबार सुरु भएको छ । प्राप्तिपछि दुई कम्पनी एक भएर नेशनल माक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।दुवै कम्पनिले गत जेठ २५ गतेको विशेष साधारणसभाबाट प्राप्तिसम्बन्धी प्रस्ताव पारित गरेका थिए । दुवै कम्पनीबीच माघ ८ गते मर्जरसम्बन्धी […]

नेशनल माइक्रोफाइनान्स र महिला सहयात्राको विशेष साधारण सभा मंगलवार हुँदै

जेठ २४, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा मंगलवार हुने  भएको छ । दुबै कम्पनीले छुट्टा - छुट्टै स्थानमा साधारण सभा गर्न लागेका हुन् । नेशनल माइक्रोफाइनान्सले केन्द्रीय कार्यालय धादिङमा बिहान ११ बजे र महिला सहयात्राले  कम्पनीको केन्द्रीय कार्यालय मकवानपुरमा बिहान ११ बजे गर्ने जानकारी दिएको छ ।   सभाको विशेष प्रस्तावमा नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्ने रहेको छ । महिला सहयात्रा लघुवित्तको १०० कित्ता शेयर बराबर नेशनल माइक्रोफाइनान्सको ६८ कित्ता शेयर अनुपातमा नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई प्राप्ति गर्न लागेको हो । सभा भर्चृअल माध्यमबाट हुने कम्पनीले जानकारी दिएका छन् । दुबै कम्पनीको विशेष साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका जेठ १७ गते बन्द भएको छ ।यस आधारमा जेठ १६ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।

नेशनल माइक्रोफाइनान्सको जेठ २५ गते विशेष साधारण सभा हुने

काठमाडौं, १० जेठ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले जेठ २५ गते बिहान ११ बजे विशेष साधारण सभा बोलाएको छ । कम्पनीको सभा धादिङस्थित केन्द्रिय कार्यालयबाट भर्चुअल माध्यमबाट हुने भएको हो । कोरोना महामारीलाई मध्यनजर गर्दै हिजो बसेको संचालक समितिको बैठकले भर्चुअल माध्यमबाट गर्ने निर्णय गरेको जनाएको छ । सभाले महिला लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धि […]

नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने

वैशाख १९, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्नका लागि सैद्धान्तिक स्वीकृती पाएको छ । नेपाल राष्ट्र बैंकले गत वैशाख १५ गते ती दुई ओटा कम्पनीलाई मर्जर तथा प्राप्तिको लागि सैद्धान्तिक स्वीकृती दिएको हो ।  अव ती दुबै कम्पनीले आ आफ्नो विशेष साधारण सभाबाट मर्जर तथा प्राप्ति प्रस्ताव पारित गरी अन्तिम स्वीकृतीको लागि नेपाल राष्ट्र बैकमा निवेदन दिएर स्वीकृती पाएपछि एकीकृत काराबोर शुरु गर्नेछन् ।

नेशनलले महिला सहयात्रालाई प्राप्ति गर्ने, राष्ट्र बैंकले दियो अनुमति

काठमाडौं, १९ बैशाख । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार दुई सस्थाबीच मर्जर तथा प्राप्ति गर्न अनुमति दिएको हो । दुई संस्थाले आ–आफ्नो साधारणसभाबाट मर्जर तथा प्राप्ति प्रस्ताव पारित गरेर अन्तिम अनुमतिको लागि राष्ट्र बैंकले स्विकृति दिएपछि एकिकृत कारोबार बढाउने भएका न्छ ।