नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने

वैशाख १९, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्नका लागि सैद्धान्तिक स्वीकृती पाएको छ । नेपाल राष्ट्र बैंकले गत वैशाख १५ गते ती दुई ओटा कम्पनीलाई मर्जर तथा प्राप्तिको लागि सैद्धान्तिक स्वीकृती दिएको हो ।  अव ती दुबै कम्पनीले आ आफ्नो विशेष साधारण सभाबाट मर्जर तथा प्राप्ति प्रस्ताव पारित गरी अन्तिम स्वीकृतीको लागि नेपाल राष्ट्र बैकमा निवेदन दिएर स्वीकृती पाएपछि एकीकृत काराबोर शुरु गर्नेछन् ।   

सम्बन्धित सामग्री

नेशनल माइक्रोफाइनान्सको १५ प्रतिशत बोनस शेयर वितरण

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले वैशाख १५ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपश्चात् सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो ।  कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी रू. ५८ करोड ६६ लाख ७४ हजारको आधारमा १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साधारण सभा प्रयोजनका लागि वैशाख ४ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको आधारमा वैशाख ३ गतेसम्म कायम शेयरधनीहरूले मात्र बोनस शेयर प्राप्त गरेका छन् । साविक महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी २०७८ असार ३० देखि एकीकृत कारोबार गरेकाले सोपश्चात् शेयर कायम गर्ने सदस्यहरूले बोनस शेयरबापतको कर जम्मा गरेपछि मात्र बोनस शेयर प्राप्त गर्ने कम्पनीको भनाइ छ । एकीकृत कारोबारको मितिभन्दा अघिसम्म कायम शेयरधनीहरूलाई भने बोनस शेयरमा लाग्ने कर छूट हुनेछ । वैशाख ३ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का जनाई हितग्राही खातामा बोनस शेयर जम्मा गरिएको छ । कर्जा फुकुवा भइसकेको भए आफ्नो बोनस शेयरसमेत फुकुवा गर्न कम्पनीले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआइबिएल एस क्यापिटल लिमिटेड छ । यो कम्पनी हाल समीट लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर प्रक्रियामा छ । नेशनल माइक्रोफाइनानसको १ कित्ता शेयर बराबर समीट लघुवित्तको शून्य दशमलव ७३ कित्ता शेयर आदानप्रदान हुने गरी दुई कम्पनीबीच मर्जर सहमति भएको हो ।  यस वर्षको बोनस शेयरपछि कायम हुने समीट लघुवित्तको शेयर पूँजीको संस्थापक र सर्वसाधारणको शेयर पूँजीको अनुपात मिलान गर्दा अपुग हुने सर्वसाधारणतर्फको ८ लाख ५३ हजार ६६५ कित्ता एफपीओ निष्कासन गर्ने प्रस्तावसमेत असार ३ गते सम्पन्न विशेष साधारण सभामार्फत पारित भइसकेको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

नेशनल माइक्रोफाइनान्सको एकीकृत कारोबार सुरू

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेर बुधबारदेखि एकीकृत कारोबार सुरु भएको छ । प्राप्तिपछि दुई कम्पनी एक भएर नेशनल माक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।दुवै कम्पनिले गत जेठ २५ गतेको विशेष साधारणसभाबाट प्राप्तिसम्बन्धी प्रस्ताव पारित गरेका थिए । दुवै कम्पनीबीच माघ ८ गते मर्जरसम्बन्धी […]

नेशनल माइक्रोफाइनान्स र महिला सहयात्राको विशेष साधारण सभा मंगलवार हुँदै

जेठ २४, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा मंगलवार हुने  भएको छ । दुबै कम्पनीले छुट्टा - छुट्टै स्थानमा साधारण सभा गर्न लागेका हुन् । नेशनल माइक्रोफाइनान्सले केन्द्रीय कार्यालय धादिङमा बिहान ११ बजे र महिला सहयात्राले  कम्पनीको केन्द्रीय कार्यालय मकवानपुरमा बिहान ११ बजे गर्ने जानकारी दिएको छ ।   सभाको विशेष प्रस्तावमा नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्ने रहेको छ । महिला सहयात्रा लघुवित्तको १०० कित्ता शेयर बराबर नेशनल माइक्रोफाइनान्सको ६८ कित्ता शेयर अनुपातमा नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई प्राप्ति गर्न लागेको हो । सभा भर्चृअल माध्यमबाट हुने कम्पनीले जानकारी दिएका छन् । दुबै कम्पनीको विशेष साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका जेठ १७ गते बन्द भएको छ ।यस आधारमा जेठ १६ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।

नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई प्राप्ति गर्ने

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्नका लागि सैद्दान्तिक स्वीकृति प्राप्त गरेको छ ।धादिङको धादिङबेशीस्थित केन्द्रीय कार्यालय रहेको नेशनल माइक्रोफाइनान्सले मकवानपुरको चित्लाङमा सञ्चालनमा रहेको महिला सहयात्रालाई प्राप्त गर्नका लागि नेपाल राष्ट्र बैंकबाट वैशाख १५ गते स्वीकृति पाएको हो ।दुवै संस्थाका सञ्चालक समितिले आ–आफ्नो साधारणसभाबाट अख्तियारी लिइ प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरी […]