महिला सहयात्रा लघुवित्तलाई प्राप्तिपछि नेशनल माइक्रोफाइनान्सको नामबाट शेयर सूचीकृत

साउन २९, काठमाडौं ।  नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर शुक्रवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।  महिला सहयात्रा लघुवित्तलाई प्राप्तिपछि नेशनल माइक्रोफाइनान्स लघुवित्तको नामबाट ९ लाख ९५ हजार ५८८ कित्ता शेयर सूचीकृत  भएको हो । अव महिला सहयात्राका शेयरधनीको खातामा नेशनल माइक्रोफाइनान्स लघुवित्तको नामबाट शेयर देखिनेछ ।  आगामी आइतवारदेखि लगानीकर्ताले उक्त शेयर खरीदविक्री गर्न पाउनेछन् । नेशनल माइक्रोफाइनानसले महिला  सहयात्रालाई १ः०.६८ अनुपातमा प्राप्ति गरेको हो ।   

सम्बन्धित सामग्री

महिला सहयात्रा लघुवित्त र नेशनल माइक्रोफाइनान्सको बोनस शेयर सूचीकृत

असार २३, काठमाडौं । दुई  ओटा अलग - अलग कम्पनीको बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज( नेप्से) मा सूचीकृत भएको छ ।  महिला सहयात्रा लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो । महिला सहयात्राको १ लाख ३३ हजार १ सय कित्ता र नेशनल माइक्रोफाइनान्सको ५ लाख ५४ हजार ४९५ दशमलव शून्य २ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।अव यो शेयर लगानीकर्ताले डिम्याट खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।