महिला सहयात्रा लघुवित्तको विशेष साधारण सभा सम्पन्न

जेठ २५,  काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा मंगलवार  सम्पन्न भएको छ ।  सभाले महिला सहयात्रा लघुवित्तको १०० कित्ता शेयर बापत नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ६८ कित्ता शेयर कायम गरि समाहित गर्न अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । गत जेठ ९ गते गाभ्ने ÷गाभिने सम्वन्धी अन्तिम सम्झौता भई सो अन्तिम सम्झौता अनुसार महिला सहयात्रा लघुवित्तको विशेष साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।   सभामा कम्पनीका अध्यक्ष अमृतचरण श्रेष्ठले प्रतिबेदन प्रस्तुत गरेका थिए । राष्ट्रिय स्तरको कार्यक्षेत्र र १४ करोेड ६४ लाख १० हजार चुक्तापूँजी रहेको उक्त कम्पनीले नेशनल माइक्रोफाइनान्स लघुवित्तमा समाहित हुने प्रस्ताव पनि पारित गरेको छ ।  प्राप्तिपछि नेशनल माइक्रोफाइनान्स लघुवित्त पूँजी, व्यवसाय, शाखा सञ्जालसमेतका हिसावले ठूलो तथा बलियो लघुवित्त वित्तीय संस्था बन्ने कम्पनीले बताएको छ । कम्पनीकोे चुक्तापूँजी करीब ४१ करोड, कुल निक्षेप २ अर्ब ५० करोडभन्दा बढी र कुलकर्जा लगानी १० अर्ब रुपैयाँभन्दा बढि पुग्नेछ । त्यस्तै  सो अवसरमा कम्पनीले १०० ओटा शाखा कार्यालयहरु र ५५० भन्दा बढी कर्मचारीहरु मार्फत करीब १ लाख४० हजार ग्राहकहरुलाई सेवा प्रदान जानकारी दिइएको थियो ।