कैलालीको भजनी नगरपालिका–३ कि मञ्जु चौधरीको आजभोलिको दिनचर्या बर्सातको पानी जमेका तलाउ तथा पानीको कुलोमा बित्ने गरेको छ । धान रोपाइँ गरिसके पछिको फुर्सदको समयलाई उनले माछा मारेर सदुपयोग गर्दै आएकी हुन् । मञ्जु मात्रै होइन उनको चार जनाको परिवारको दिनचर्या नै माछा मार्दै बित्ने गरेको छ । दिनभर माछा, गङ्गटो, घोंगीको खोजीमा हुने उनको परिवारले त्यहाँबाट राम्रो आम्दानीसमेत गर्दै आएको छ ।“पहिला आफ्नै लागि भनेर माछाको खोजिमा कुला तथा नहरमा पुग्छौँ । धेरै भएपछि बिक्री पनि गर्छौं ।&r