नेपाल वायुसेवा निगमले सञ्चालनमा नरहेको निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी बिबी एयरवेजलाई आफ्नो ३० वर्ष पुरानो जहाज बेच्ने कि नबेच्ने भन्ने निर्णय आगामी सञ्चालक समिति बैठकमार्फत गर्ने भएको छ।
बिबी एयरवेजले एकथान ठूलो बोइङ जहाज खरिद गर्न डेढ करोड रुपैयाँ दिएर ‘सम्पर्कबिहीन’ भएपछि निगम व्यवस्थापनले सञ्चालक समितिमा यससम्बन्धी प्रस्ताव लगेर निर्णय गर्न लागेको हो।