काठमाडौँ । हेलिकप्टर तथा व्यावसायिक उडान गर्ने वायुसेवाहरुको छाता संगठन ‘वायुसेवा सञ्चालक संघ’ले आफ्ना ५ बुँदे माग नागरिक उड्डयन प्राधिकरणले पूरा नगरे बुधबारदेखि उद्धार तथा नियमित उडान बन्द गर्ने चेतावनी दिएका छन् । संघले मंगलबार पत्रकार सम्मेलनमार्फत प्राधिकरणले हालै विज्ञप्तिमार्फत ल्याएको रात्रिकालीन विश्रामका लागि काठमाडौँबाहिरका विमानस्थलमा जहाज नराख्ने, प्राधिकरणले हालै वृद्धि गरेका सेवा शुल्कको वृद्धि […]