बोर्ड बैठक बस्न नसक्दा निगमको जहाज ९ दिनदेखि दोहामा अलपत्र

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेवानि)को सञ्चालक समिति बैठक बस्न नसक्दा नौ दिनदेखि दोहामा थन्किएको जहाज मर्मत हुन सकेको छैन । वायुसेवा निगम स्रोतले दिएको जानकारी अनुसार ‘९ एन एकेडब्ल्यू सगरमाथा’ नामक न्यारोबडी ए ३२०–२०० जहाज काठमाडौंबाट १३ पुसमा दोहा गएको थियो । आरए २३७ नम्बरको उडानबाट दोहा गएका उक्त जहाज इञ्जिनमा समस्या आएपछि दोहामै थन्किएको हो ।  दोहामा अवतरणपश्चात पार्किङ गर्ने क्रममा विमानको एउटा इञ्जिनमा प्राविधिक समस्या देखिएको निगमको भनाइ छ ।  निगमका अनुस...