६ वटा चिनियाँ जहाज भाडा लगाउने वा बिक्री गर्ने निगमको तयारी

चिनियाँ जहाज व्यवस्थापन गर्न नेपाल वायुसेवा निगमलाई अर्थ मन्त्रालयले सहमति दिएको छ । निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत चिनियाँ जहाज व्यवस्थापनका लागि प्रस्ताव पठाइएको थियो । १५ साउनदेखि निगम सञ्चालक...

सम्बन्धित सामग्री

चिनियाँ जहाज किन्न प्रस्ताव परेन, पुन: टेन्डर आह्वान

काठमाडौं। गत पुस ५ गते पाँचओटा चिनियाँ जहाज विक्रीका लागि बोलपत्र आह्वान गरेको नेपाल वायुसेवा निगमले क्रेता नपाएपछि बोलपत्र दोहोर्‍याएको छ । विगत वर्षदेखि नै ग्राउन्डेड चिनियाँ जहाजहरू विक्रीका लागि निगमले मंगलवार पुन: टेन्डर आह्वान गरेको हो । गतवर्ष निगमले चिनियाँ जहाज भाडामा लगाउन पनि प्रस्ताव आह्वान गरेको थियो । भाडामा लिन इच्छुक कम्पनी नपाएपछि निगमले ती जहाज विक्रीका लागि प्रक्रिया अघि बढाएको हो । पहिलो बोलपत्र आह्वानमा जहाज खरीद गर्न कसैले चासो नदिएपछि निगमले दोस्रोपटक टेन्डर आह्वान गर्नुपरेको हो ।  तोकिएको अवधिभित्र कुनै पनि प्रस्ताव नआएपछि पुन: टेन्डर आह्वान गरिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । ‘चिनियाँ जहाज विक्रीका लागि इच्छुक कम्पनीलाई आह्वान गरिएको तर तोकिएको म्यादमा कुनै आवेदन नपरेको हुँदा पुन: टेन्डर आह्वान गरिएको हो,’ पौडेलले भने । ग्राउन्डेड चिनियाँ जहाज विक्रीका लागि इच्छुक आवेदनकर्ताले फेब्रुअरी २१ (फागुन ९ गते) सम्म निगममा प्रस्ताव पेश गर्नुपर्ने छ । सरकारले २०७१ वैशाखदेखि चिनियाँ जहाज ल्याउन थालेको थियो । उसले दुईओटा अनुदानमा र चारओटा ऋणमा किनेर ल्याएको थियो । एमए–६० र वाई–१२ई जहाज १–१ थान चीन सरकारको सहयोगमा ल्याइएका थिए । बाँकी एमए–६० र ३ ओटा वाई–१२ई जहाज सहुलियत ब्याजको ऋणमा ल्याइएको हो । साता वर्ष ग्रेस अवधि र २० वर्षसम्ममा ऋण चुक्ता गर्ने गरी सरकारले ती जहाज खरीद गरेको थियो । यी जहाज खरीदका लागि सरकारले पटकपटक गरी ४ अर्ब रुपैयाँभन्दा बढी रकम खर्चिएको थियो ।  दुईओटा न्यारोबडी जहाज ‘वेट लिज’मा लिने वायुसेवा निगमको तयारी  अहिले बीमा र पार्किङका लागि मात्रै वर्षमा २० करोड रुपैयाँ तिर्न परेको भन्दै एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गुनासो गरेको थिए । उनले भनेका थिए, ‘चिनियाँ जहाज कसरी र किन किनियो भन्ने खोज्दै जान सम्भव छैन ।  अझै कति ऋण तिर्ने ?’ निगमले २०७८ कात्तिकदेखि ऋणको किस्ता तिर्न शुरू गर्नुपर्ने थियो । त्यसको १ वर्षपछि निगमले जहाज विक्रीका लागि २०७९ मङ्सिरमा जहाजको मूल्यांकन प्रक्रिया थालेको थियो । त्यतिबेला अर्थ मन्त्रालयले विक्री वा भाडामा दिने विकल्प दिएको थियो । तर, ती जहाज भाडामा पनि कसैले लगेन । अहिले विक्रीका लागि प्रयास गर्दा पनि कसैले बोलपत्र पेश गरेन । यसैगरी निगमले दुईओटा न्यारोबडी जहाज वेट लिज (जहाज, क्रु, मर्मतसम्भार र बीमा (एसीएमआई) इच्छुक कम्पनीले व्यवस्थापन गर्ने) मा लिन मंगलवार नै अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरेको छ । दुईओटा वाइड बडी र दुईओटा न्यारोबडी जहाजबाट सेवा दिँदै आएको निगमले थप दुईओटा न्यारोबडी जहाज वेट लिजमा लिन टेन्डर आह्वान गरेको हो । निगमले मंगलवार जारी गरेको प्रेस विज्ञप्तिअनुसार न्यारोबडी जहाजले उडान चापको माग धान्न नसकेको भन्दै थप जहाजका लागि प्रक्रिया अघि बढाइएको बताइएको छ ।  निगमका अनुसार हाल दुईओटा वाइड बडी जहाज जापान, सिड्नी र कोरिया उडानमा प्रयोग हुँदै आएका छन् । ‘अन्य सेक्टरमा दुईओटा न्यारो बडी जहाजले उडान चापको माग धान्न सक्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘थप भएका जहाजले दिल्ली, दुबई, दोहा, मलेशियालगायत सेक्टरमा उडान थप गरी आय बढाउने तथा भैरहवाबाट समेत अन्य गन्तव्यमा उडान भर्ने योजना रहेको छ ।’

उडानमा नेपाल वायु सेवा निगमको उपस्थिति : आन्तरिक र बाह्य दुवैको बजार गुमाउँदै

नेपाल वायु सेवा निगमको कार्य क्षमतामा प्रश्न उठेको धेरै भइसक्यो । यसले आन्तरिक र बाह्य दुवैको बजार अंश गुमाउँदै गएको छ । बाह्य उडानका लागि विमान भएर पनि व्यवसाय गर्न सकेको छैन भने आन्तरिक उडानमा पर्याप्त विमान अभाव झेलिरहेको छ । निगम सुधारका लागि बनेको विभिन्न समितिका सुझावले यसलाई निजीकरण गर्ने वा विदेशी रणनीतिक साझेदार ल्याउने भनिए पनि त्यो कार्यान्वयन हुन सकेको छैन ।  Nepal Airlines ले अष्ट्रेलियाको सिड्नी उडानका लागि पहल थालेको छ । यूरोपको बजार बन्द भएको अवस्थामा चीन, अस्ट्रेलिया राम्रो विकल्प हुन सक्छ । जापानको ओसाका उडानलाई टोकियोसम्म पुर्‍याउने हो भने त्यो रूट राम्रो हुन सक्छ । चीनसँग पनि पहल थाल्नुपर्छ । चीनबाट दर्जनौं उडान हुँदा नेपालले एक दुई स्लट नपाउने भन्ने हुँदैन । तर, यसका लागि नेपालले पर्याप्त काम नगरेको हो कि भन्ने देखिन्छ ।  अन्तरराष्ट्रिय उडानमा भन्दा राष्ट्रिय उडानमा निगमलाई सजिलो हुन्छ । निगमलाई खण्डीकरण गर्न नसकिए पनि आन्तरिकको व्यवस्थापन अलग शाखाले हेर्ने गरी काम गर्न सकिन्छ । आन्तरिक उडानमा विमान अभाव अहिले ठूलो समस्या देखिन्छ । चिनिया विमान नभएका होइनन् तर तिनलाई उडाउँदा निगमलाई उल्टै घाटा हुने भएकाले नचलाउने निर्णय गरिसकेको छ । यस्तोमा निगमलाई आन्तरिक उडानमा विमान थप्नैपर्ने बाध्यता देखिन्छ । निजीक्षेत्रका बुद्ध, यति आदिले विमान थपिरहेका छन् । तर, निगमले भने पर्याप्त विमान नभएका कारण ती कम्पनीसँग प्रतिस्पर्धा गर्न सकेको छैन । नेपालीको आयस्तरमा सुधार भएसँगै विमानबाट यात्रा गर्नेको संख्या बढ्दो छ । साथै, पोखरा, नेपालगञ्ज, भैरहवा, विराटनगरजस्ता ठाउँमा व्यवसायकै लागि पनि आवतजावत गरिरहनुपर्ने अवस्था छ । त्यसैले यी क्षेत्रमा अहिले निजीक्षेत्रले ७२ सीटे विमानबाट सेवा दिन थालेका छन् । तर, निगमसँग यस्तो विमान छैन । यदि विमान थप्न सक्ने हो भने निगमले आन्तरिक बजारमा राम्रो व्यवसाय गर्न सक्छ ।  हुन त निगमलाई निजीलाई भन्दा बढी समस्या पनि देखिन्छ । यात्रु थोरै भएका ठाउँमा जान दबाब दिइन्छ । सरकारी भएकाले राजनीतिक दबाब झेल्नुपर्ने हुन्छ जसका कारण दुर्गम क्षेत्रमा नाफा नभए पनि सेवा दिनुपर्ने बाध्यता हुन्छ । निगमलाई नाफामा लैजाने हो भने त्यस्तो दबाव दिनु पनि हुँदैन र निगमले त्यस्तो दबाब बेवास्ता गर्न पनि सक्नुपर्छ । हो, सरकारी उद्देश्यअनुसार जनतालाई सेवा दिने हो भने सरकारले अनुदान दिनुपर्छ । त्यसो नगर्ने हो भने यो संस्था व्यावसायिक बन्नै सक्दैन । अहिले निगमले आन्तरिक उडानका लागि नयाँ विमान खरीद गर्ने प्रक्रिया शुरू गरेको छ । उसलाई आन्तरिक उडानमा अब्बल बनाउन नयाँ विमान आवश्यक पर्छ । आन्तरिक बजारमा बलियो उपस्थितिले नेवानिको पुरानो शाखलाई जगाउँछ । अत: निगमलाई जतिछिटो नयाँ विमान किन्ने वातावरण बनाइनुपर्छ । हुन त वाइडबडी किनेर व्यवसाय गर्न नसकेकामा निगमको आलोचना भइरहेको छ । यसमा नेवानिको कमजोरी देखिन्छ । तर, कोरोना र ईयूको कालोसूचीका कारणले पनि निगमले बजार पाउन गाह्रो भएको तथ्य बिर्सनु हुँदैन । यस्तोमा नयाँ विमान किन्ने कुरामा सरकारले सहमति दिन्छ कि दिँदैन भन्न सकिँदैन ।  आन्तरिक उडानमा निगमको वर्चस्व स्थापना भएमा अहिलेको भाडादरमा पनि केही कमी आउन सक्छ । त्यसले पर्यटकको बसाइ अवधि लम्ब्याउन मद्दत गर्न सक्छ । त्यसैले निगमले सुगम भेगमा उडाउन ठूला विमान र छोटो धावनमार्गका लागि साना विमान खरीद गर्नुपर्ने हुन्छ । हुन त डिम प्रकाश पौडेल महाप्रबन्धक भएका बेलामा आन्तरिक उडानका लागि सानो र ठूलो गरी ६ ओटा विमान किन्ने योजना सार्वजनिक गरेका थिए । तर, त्यसअनुसार निगम अघि बढ्न सकेन ।  भएका विमान व्यवस्थापन गर्न नसकेको आरोप लागिरहेको निगमलाई नयाँ जहाज थप्न त्यति सहज भने छैन । वाइडबडी किन्दा लिएको ऋणको साँवा र किस्ता बुझाउन नसकेको निगमलाई ऋण पत्याउने कुनै संस्था छैन, उसले आफ्नो स्रोतले विमान किन्न सक्ने अवस्था पनि छैन । चिनियाँ जहाज विक्री गर्न सकेको खण्डमा त्यसबाट एउटा वा दुईओटा जहाज किन्न मिल्ला तर ती विमान विक्री हुने सम्भावना कमै छ ।  निगममा भएका जहाजको व्यवस्थापन गर्न एकातिर समस्या छ भने अर्कातिर थोरै जहाज भएर पनि समस्या छ । यस्तोमा विश्वासिलो, दक्ष र समर्पित नेतृत्व भएमा निगमले कायापलट गर्न नसक्ने भने होइन । विश्वमा टाट पल्टन लागेका वायु सेवा कम्पनीले पुनर्जीवन पाएका थुप्रै उदाहरण भेटिन्छन् । मुख्य कुरा प्रतिबद्धताको हो र व्यवस्थापनले काम गर्न पाउनु हो । निगमको नेतृत्व छिटोछिटो परिवर्तन भएकाले बढी समस्या भएको हो । यसलाई रोक्न यसमा निजीक्षेत्रको संलग्नता आवश्यक छ ।  कुनै पनि कम्पनीको नेतृत्वले ढुक्क भएर आफ्ना योजना लागू गर्न पाउनुपर्छ । त्यसो भएमा उसको क्षमताको परख पनि हुन्छ । यसका लागि सबै राजनीतिक दलले मन्त्री जोसुकै भए पनि निगममा हस्तक्षेप नगर्ने प्रतिबद्धता गर्नुुपर्छ । यसो भएमा निगममा सुधार पक्कै आउँछ । निगमले नेपालगञ्जबाट रूकुम, ताल्चा, जुम्ला, डोप्ला, बाजुरामा उडान गरिरहेको छ । त्यस्तै काठमाडौंबाट ताप्लेजुङ, भोजपुर, दाङ, खानीडाँडा, इलाम, फाप्लु आदि क्षेत्रमा उडान गरिरहेको छ । तर, बढी यात्रु हुने पोखरा, भैरहवा, विराटनगर, नेपालगञ्जजस्ता क्षेत्रमा भने निजीक्षेत्रले उडान गरिरहेका छन् । त्यसैले निगमको नाफाभन्दा सेवा बढी देखिन्छ । निगमलाई यी क्षेत्रमा उडान गर्न पनि थप विमान आवश्यक देखिन्छ । लेखक पर्यटन व्यवसायी हुन् ।  #tourism #NepalAirlines

वायु सेवा निगमको सुधारमा को बाधक ?

बीस वर्षअघि नै गरिएका अध्ययनहरूले नेपाल वायुसेवा निगमलाई प्रतिस्पर्धी र आर्थिक रूपले बलियो बनाउन विभिन्न सुझाव दिँदै आएका छन् । तर, ती सुझावको कार्यान्वयन गर्न कुनै पनि सरकारले पाइला चाल्न सकेनन् । त्यही भएर यो सेतो हात्ती नेपालको सार्वजनिक संस्थानको असफलताको उदाहरण नै बनेको छ । विदेशी रणनीतिक साझेदार ल्याएको भने निगम अहिले नेपाल आउने बाह्य कम्पनीहरूमाझ बलियो भइसक्थ्यो होला । अहिले त आन्तरिक उडानमा समेत निजी कम्पनीहरूले नाफा कमाउँदै, जाँदा निगम घाटामा जाँदै छ । आफैले गराएका आधा दर्जन बढी अध्ययनका सुझाव लत्याएर सरकारले जुन बेथितिका साथ निगम सञ्चालन गर्न दियो, त्यसकै परिणाम आज निगम ४७ अर्ब ऋणमा डुबेको छ । निगमको घाटाको एउटा प्रमुख कारण चिनियाँ जहाज हो । चिनियाँ जहाज किन्दा धेरै खालको नराम्रा असर पर्ने भनी विरोध हुँदा पनि राजनीतिक नेतृत्वले प्राविधिक पक्ष नहेरी चिनियाँ जहाज खरीद गर्ने निर्णय गर्‍यो । ती जहाजले खर्च बढाएको बढायै छन् तर कमाउने सुरसार छैन । यही जहाजका कारण नेपाल यूरोपेली संघको कालो सूचीमा परेको हो भनी विश्लेषणसमेत गरिन्छ । नेपाली जहाजलाई यूरोपमा उड्न त्यो बेला लागेको प्रतिबन्ध अहिलेसम्म पनि खुलेको छैन । ईयूले नेपाली जहाजहरूको सुरक्षाका बारेमा प्रश्न उठाएपछि त्यसले नेपालको पर्यटन क्षेत्रलाई पनि असर पार्‍यो । ती जहाज किन्दा लागेको ऋण तिर्ने बाटो नै देखिँदैन । निगमसँग दुईओटा वाइड–बडी जहाज छन् । प्रत्येक जहाजको २७४ जना यात्रु बोक्ने क्षमता छ । साधारणतया न्यारो–बडी जहाजको १४० देखि १७० जनासम्म यात्रु बोक्ने क्षमता हुन्छ । वाइड–बडी जहाज न्यारो–बडीको तुलनामा धेरै महँगो हुन्छ र यसले तेल पनि धेरै खान्छ भनिन्छ । यस्तोमा, वाइड बडी जहाज किन्दा निगम समस्यामा परेको देखिन्छ । बजार राम्रो पाएको भए यसले कमाउन सक्थ्यो । तर, अहिलेसम्म लामो दूरीमा यसले उडान गर्न पाएकै छैन । यूरोपका प्रमुख शहरमा यो उडाउन सकेको भए निगम घाटामा गए पनि मुलुकको पर्यटनले लाभ लिन सक्थ्यो । त्यसो नहुँदा अहिले यी जहाज निगमका लागि यति ठूलो बोझ भएका छन् कि निगम माथि उठ्नै सक्ने देखिँदैन । कोभिडको संकट सकिएपछि आउने दिनहरूमा पनि वाइड–बडीका जहाज जापान, कोरिया र साउदी अरेबिया वा सिड्नी उडाएर नाफामा लैजान कठिन रहेको धेरैको भनाइ छ । निगमको यस्तो अवस्था आउनुमा राजनीतिक हस्तक्षेप प्रमुख कारण मानिन्छ । निगमको प्रमुखमा व्यावसायिक मान्छे आउन नदिने लामो समयसम्म का मगर्न नदिने गर्दा यो अस्थिरताको शिकार बनेको हो । अहिले निजीकरणका लागि लागिपरेका प्रकाश पौडेललाई बीचैमा निष्क्रिय पारियो । कुनै पनि नेतृत्वले ल्याएको योजनामा उसले काम गर्न नपाएपछि कसरी निगम व्यावसायिक बन्न सक्छ ? विनय श्रेष्ठ नयाँ बजार, काठमाडौं ।

चिनियाँ जहाज : वायुसेवा निगमको ऋण थपियो, निजी एयरलाइन्सको फाइदाका लागि उडाइएन !

निगमको ध्यान जहाजलाई कसरी प्रभावकारी ढंगले चलाउने र घाटा कम गर्ने भन्नेमा केन्द्रित नभएको निगमकै कतिपय अधिकारीहरूको आरोप छ ।

अर्थ मन्त्रालयमै अड्‌कियो चिनियाँ जहाजको निर्णय, घाटा बेहोर्दै निगम

काठमाडौं । चिनियाँ जहाज बोझ बन्दै गएको निष्कर्ष निकाल्दै नेपाल वायुसेवा निगमको बोर्ड बैठकले ती विमान नचलाउने

निगमको आन्तरिक उडानमा दुई ट्वीनअटर जहाज मात्रै

सिबी अधिकारी काठमाडौँ।राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानमा रहेका छ चिनियाँ जहाजको व्यावसायिक उडान बन्द गरेको छ । चिनियाँ जहाज नउडाउने भएपछि अब निगमको आन्तरिक सेवामा दुई ट्वीनअटर ...

नेपालगंजमा चिप्लिएको चिनियाँ जहाजको इन्जिनबाहेक सबै संरचना काम नलाग्ने

काठमाडौं। नेपाल वायु सेवा निगमको चिनियाँ जहाज (वाइ-१२ ई) तत्कालका लागि उडान अयोग्य ठहरिएको छ। कोभिड-१९ संक्रमणको शंका गरिएका बिरामीको

पाइलट बढुवा विवादले निगमको विमानको उडान नै प्रभावित :: Pahilopost.com

काठमाडौं : पाइलट पदोन्नती विवादले नेपाल वायुसेवा निगमको स्टोल 'विकट' रुटको उडान प्रभावित भएको छ। विकट गन्तब्यतर्फ चिनियाँ जहाज वाइ-१२ उडान गर्दै आएका दुई जना वरिष्ठ क्याप्टेनले विरामी विदा र एक जना वरिष्ठ क्याप्टेनले राजीनामा दिएका छन्। स्टोलमै उडान भर्ने क्याप्टेन आङनुरी शेर्पाले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए।

चिनियाँ जहाज भाडामा दिने निगमको तयारी

काठमाडौं : नेपाल वायु सेवा निगमले छ वटा चिनियाँ विमान भाडामा दिने भएको छ। चिनियाँ जहाज उडाउँदा घाटा भएपछि भाडामा दिन लागिएको हो। चीन सरकारको अनुदानमा ल्याइएका एमए ६० र वाई १२ जहाज, करिब छ अर्बभन्दा बढी रकम खर्चेर ल्याइएका वाई १२ सहित छ वटा जहाज विदेशी एयरलाइन्स कम्पनीलाई भाडामा दिने निगमले ...