गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको आयोजना तथा पहलमा उदयपुरको गाईघाट त्रियुगा हाईस्कुलमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । शिविरमा उदयपुरका विभिन्न ग्रामीण भेगबाट ३०० भन्दा बढी महिलाले सहभागीता जनाएका थिए । स्वास्थ्य शिविरमा त्रियुगा नगरपालिका वडा नम्बर ११ र उदयपुर जेसीको सहयोग रहेको थियो । परराष्ट्रमन्त्री डा नारायण खड्काले स्वास्थ्य शिविरको उद्घाटन गर्दै यस्तो …