गैर आवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले झापा, सुनसरी, मोरङ र गाईघाटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार बिहीबार साँझ बसेको स्वास्थ्य समितिको बैठकले स्तन क्यान्सर, मुटु लगायतका स्वास्थ्यमा पर्ने समस्याहरूको लागि निःशुल्क स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो ।बैठकलाई सम्बोधन गर्दै गैर आवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाले संघको स्वास्थ्य समितिले मानव स्वास्थ्यमा राम्रो काम गरेको भन्दै प्रशंसा