नेपालको एक मात्र ब्याज दिने वालेट ‘आईएमई पे’ ले असोज महिनाबाट आफूले प्रदान गर्दै आइरहेको ब्याजदरमा वृद्धि गरेको छ । यसअघि ६.०३ प्रतिशत ब्याजदर दिदै आएकोमा आईएमई पेले त्यसलाई बढाएर ७.१३ प्रतिशत कायम गरेको हो ।
प्रयोगकर्ताहरुले अब बैंकमा पाइने झैँ सेवा आफ्नो मोबाईल वालेटमा आइएमई पे मार्फत पाउन सक्ने छन् । प्रयोगकर्ताहरुले आफ्नो वालेट एपमा रू. १ हजार रूपैयाँ राखेपछि...