नागरिक बचत पत्रमा आवेदन आह्वान, १० प्रतिशत ब्याज पाइने

१ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले नागरिक बचत पत्र २०८३ ‘क’ निष्कासन सुरु गरेको छ । १० प्रतिशत ब्याज दिने ५ वर्षे नागरिक बचत पत्रमा मंगलबारदेखि आवेदन दिन सकिने राष्ट्र बैंकले बताएको छ । इच्छुक नेपाली नागरिकहरुले बचतपत्र खरिद गर्नका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिने मिति ३० चैतसम्मका लागि तोकिएको छ । […]