भारतीय चिफ अफ डिफेन्स स्टाफका प्रमुख बिपिन रावत सवार हेलिकप्टर दुर्घटना

काठमाण्डाै – तमिलनाडुकाे नीलगिरी जिल्लाकाे कुन्नुरमा आज बुधवार भारतीय सेनाकाे हेलिकप्टर दुर्घटनामा परेकाे छ ।  दुर्घटनाग्रस्त हेलिकप्टरमा भारतीय चिफ अफ डिफेन्स स्टाफका प्रमुख (सीडीएस) बिपिन रावत आफ्ना कर्मचारी र परिवारका सदस्यसहित सवार हुनुभएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हेलिकप्टरमा सेनाका केही उच्च अधिकारी पनि रहेका थिए । हेलिकप्टरमा १४ जना सवार रहेकाे एएनआईले जनाएकाे छ ।  हेलिकप्टरमा सवार सबै एक कार्यक्रममा सहभागी हुन गइरहेका थिए । दुर्घटनाग्रस्त हेलिकप्टरबाट तीन जनाल...

सम्बन्धित सामग्री

हेलिकप्टर दुर्घटनामा विपिन रावतसहित १३ जनाको मृत्यु

भारतको तमिलनाडुमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित १३ जनाको मृत्यु भएको भारतीय वायु सेनाले पुष्टि गरेको छ।

भारतीय रक्षामन्त्रीले हिजाे भएकाे हेलिकप्टर दुर्घटनाबारे आज संसदमा जानकारी दिने

काठमाण्डाै - भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतका चिफ अफ डिफेन्स स्टाफ सीडीएस जनरल विपिन रावत चढेकाे हेलिकप्टर दुर्घटनाबारे आज संसदमा जानकारी दिनु हुने भएको छ । हिजो तामिलनाडुको कुन्नुरमा हेलिकप्टर दुर्घटना हुँदा रावतसहित १३ जनाको ज्यान गएको थियो । दुर्घटना लगत्तै रक्षा मन्त्री सिंहले रावतको घर पुगेर उहाँको परिवारसँग भेट गर्नुभएको थियो । रावतको शव आज दिल्ली ल्याउने तयारी भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उहाँको भोलि अन्तिम संस्कार हुनेछ । भारतको उत्तराखण्डमा शोक घोषणा गरिएको छ । साथै सीडीएस ...

हेलिकप्टर दुर्घटनामा भारतीय ‘चिफ अफ डिफेन्स स्टाफ’ को निधन

भारतका ‘चिफ अफ डिफेन्स स्टाफ’ जनरल विपिन रावतको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । उनी सवार भारतीय वायु सेनाको एमआई १७ भी ५ हेलिकोप्टर आज दिउँसो भारतको तमिलनाडुको कुन्नरमा दुर्घटना हुँदा रावतसहित १३ जनाको मृत्यु भएको हो । सुलुरस्थित सैन्य शिविरबाट वेलिङटनका लागि उडेको हेलिकप्टर दुर्घटना परेको थियो । भारतीय वायु सेनाको आधिकारीक ट्वीटर एकाउन्टबाट प्राप्त जानकारीअनुसार, रावतसँगै उनकी पत्नी मधुलिका रावत तथा अन्य ११ सैनिकको मृत्यु भएको छ । भारत सरकारले रावतलाई दुई वर्ष अघि चिफ अफ डिफेन्स स्टाफको जिम्मेवा...

हेलिकोप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ रावतसहित १३ को मृत्यु

काठमाडौँ । भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । तमिलनाडूको कुन्नुर नजिकै भएको हेलिकोप्टर दुर्घटनामा रावतको मृत्यु भएको भारतीय वायु सेनाले जानकारी दिएको छ । रावतसहित उनको पत्नी मधूलिका र थप ११ जनाको निधन भएको छ । सम्बन्धित समाचार : भारतीय सेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना भारतको पहिलो […]

सैन्य हेलिकप्टर दुर्घटना हुँदा सुरक्षाप्रमुखसहित १३ जनाको मृत्यु

मंसिर २२, चेन्नई (भारत) । भारतको तमिलनाडुमा बुधवार एक सैन्य हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार सवै जनाको मृत्यु भएको छ ।   हेलिकप्टरमा सुरक्षा प्रमुख (सीडीएस) बिपिन रावत, सैन्य कर्मचारी र परिवारका सदस्यहरु सवार रहेका थिए ।  भारतका चिफ अफ डिफेन्स स्टाफ रावतसहित १३ जनाको जनाको मृत्यु भएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । जसमा सुरक्षा प्रमुख रावतकी श्रीमतीको पनि मृत्यु भएको छ । तमिलनाडुको कोइम्बटूर र सुलुरको बीचमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो। एजेन्सीहरु

भारतीय सेनाको हेलिकप्टर दुर्घटना : मृत्यु हुनेको संख्या १३ पुग्यो (अपडेट)

भारतको तलिमनाडुको कुन्नुरको जंगलमा भएको सेनाको एमआई–१७ हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ।  सो हेलिकप्टरमा चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, उनकी पत्नी मधुलिका समेत सेनाका १४ अफिसर सवार थिए ।दुर्घटनामा  मृत्यु हुनेको संख्या १३ पुगेको र जनरल रावतको स्थिति गम्भीर रहेको न्युज एजेन्सी एएनआईलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । दुर्घटनामा अधिकांश शवहरु जलेका छन् ।रक्षामन्त्री राजनाथ सिंहले बुधबार घटनाबारे संसद्लाई जानकारी दिने सञ्चारमाध्यामहरुले

भारतमा हेलिकप्टर दुर्घटना अपडेट : ११ शव निकालियो

नयाँ दिल्ली : भारतीय रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ)  विपिन रावत सवार सेनाको हेलिकप्टर बुधबार दिउँसो तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको छ। सेनाको यो हेलिकप्टरमा कुल १४ जना सवार रहेकोमा ११ जनाको शव निकालिएको छ।यो घटनामा रक्षा प्रमुख विपिन रावतका साथै उनकी पत्नी र अन्य सैनिक अधिकारी पनि हेलिकप्टरमा थिए। दुर्घटना लगत्तै उद्धार कार्य सुरु गरिएको छ।दुर्घटनालगत्तै प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहलाई दुर्घटनाको जानकारी दिइएको थियो।रक्षा प्रमुख विपिन रावतको

भारतमा हेलिकप्टर दुर्घटना : ४ जनाको मृत्यु, रक्षा प्रमुख जनरल विपिन रावत घाइते

नयाँ दिल्ली : भारतीय सेनाको हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटना भएको छ। दुर्घटनाग्रस्त वायुसेनाको एमआई १७-भी ५ हेलिकप्टरमा रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) जनरल विपिन रावत, उनकी पत्नी मधुलिका रावतसहित १४ जना सवार थिए।घटनास्थलबाट चारजनाको शव निकालिएको छ। सार्वजनिक भएका तस्वीरमा हेलिकप्टर पूरै जलेको देख्न सकिन्छ। त्यसैले ठूलो क्षति भएको अनुमान गरिएको छ। सीडीएस (चिफ अफ डिफेन्स) जनरल रावत र उनकी पत्नीलाई अस्पताल भर्ना गरिएको बताइएको छ। दिल्लीमा केन्द्रीय मन्त्रिपरिषद्को आकस्मिक बैठक

भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावत सवार हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

भारतको तलिमनाडुको कुन्नुरको जंगलमा बुधबार सेनाको एमआई–१७ हेलिकप्टर दुर्घटना भएको छ । घना जंगलमा भएको दुर्घटनापछि हेलिकप्टरमा आगलागी भएको थियो । यसमा चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, उनकी पत्नी मधुलिका समेत सेनाका १४ अफिसर सवार थिए । हालसम्म ४ जनाको शव बरामद भएको छ । शव नराम्रोसँग जलेको अवस्थामा भेटिएको छ । तीन जना घाइतेलाई अस्पताल लगिएको डीडी न्युजलाई उद्धृत गर्दै बीबीसी हिन्दीले भनेको छ । रावतलाई भने गम्भीर हालतमा वेलिङटन सैन्य अस्पताल लगिएको बताइएको छ । उनको स्थितिबारे थप जानका

सेनाका उच्च अधिकारी बिपिन सवार हेलिकप्टर दुर्घटनाग्रस्त

भारतीय सेनाका उच्च अधिकारी चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) बिपिन रावत सवार हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । तमिलनाडुको कुन्नूरमा सेनाको हेलिकप्टर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हेलिकप्टरमा बिपिनकी पत्नी समेत सवार थिइन् । दुर्घटनामा परेका ३ जनाको उद्धार गरिएको छ, ३ जना गम्भीर घाइते भएका जनाइएको छ ।