सैन्य हेलिकप्टर दुर्घटना हुँदा सुरक्षाप्रमुखसहित १३ जनाको मृत्यु

मंसिर २२, चेन्नई (भारत) । भारतको तमिलनाडुमा बुधवार एक सैन्य हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार सवै जनाको मृत्यु भएको छ ।   हेलिकप्टरमा सुरक्षा प्रमुख (सीडीएस) बिपिन रावत, सैन्य कर्मचारी र परिवारका सदस्यहरु सवार रहेका थिए ।  भारतका चिफ अफ डिफेन्स स्टाफ रावतसहित १३ जनाको जनाको मृत्यु भएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । जसमा सुरक्षा प्रमुख रावतकी श्रीमतीको पनि मृत्यु भएको छ । तमिलनाडुको कोइम्बटूर र सुलुरको बीचमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो। एजेन्सीहरु

सम्बन्धित सामग्री

हेलिकप्टर दुर्घटनामा भारतीय ‘चिफ अफ डिफेन्स’ विपिन रावतको मृत्यु

भारतमा बुधबार एउटा सैन्य हेलिकप्टर दुर्घटना हुँदा ‘चिफ अफ डिफेन्स’ विपिन रावत, उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको छ । रावत भारतकै पहिलो ‘चिफ अफ डिफेन्स’ हुन् ।बुधबार तमिलनाडूमा सैनिक हेलिकप्टर दुर्घटना भएको हो । सो हेलिकप्टरमा १४ जना सवार थिए । दुर्घटनामा हेलिकप्टरका पाइलट भने घाइते भएका छन् । उनको उपचार भइरहेको जनाइएको छ ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनरल बिपिन रावतको निधनमा दुःख व्यक्त गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘मलाई तमिलनाडुमा भएको हेलिकप्टर