सेनाका उच्च अधिकारी बिपिन सवार हेलिकप्टर दुर्घटनाग्रस्त

भारतीय सेनाका उच्च अधिकारी चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) बिपिन रावत सवार हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । तमिलनाडुको कुन्नूरमा सेनाको हेलिकप्टर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हेलिकप्टरमा बिपिनकी पत्नी समेत सवार थिइन् । दुर्घटनामा परेका ३ जनाको उद्धार गरिएको छ, ३ जना गम्भीर घाइते भएका जनाइएको छ ।   

सम्बन्धित सामग्री

भारतीय चिफ अफ डिफेन्स स्टाफका प्रमुख बिपिन रावत सवार हेलिकप्टर दुर्घटना

काठमाण्डाै – तमिलनाडुकाे नीलगिरी जिल्लाकाे कुन्नुरमा आज बुधवार भारतीय सेनाकाे हेलिकप्टर दुर्घटनामा परेकाे छ ।  दुर्घटनाग्रस्त हेलिकप्टरमा भारतीय चिफ अफ डिफेन्स स्टाफका प्रमुख (सीडीएस) बिपिन रावत आफ्ना कर्मचारी र परिवारका सदस्यसहित सवार हुनुभएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हेलिकप्टरमा सेनाका केही उच्च अधिकारी पनि रहेका थिए । हेलिकप्टरमा १४ जना सवार रहेकाे एएनआईले जनाएकाे छ ।  हेलिकप्टरमा सवार सबै एक कार्यक्रममा सहभागी हुन गइरहेका थिए । दुर्घटनाग्रस्त हेलिकप्टरबाट तीन जनाल...