भारतमा हेलिकप्टर दुर्घटना : ४ जनाको मृत्यु, रक्षा प्रमुख जनरल विपिन रावत घाइते

नयाँ दिल्ली : भारतीय सेनाको हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटना भएको छ। दुर्घटनाग्रस्त वायुसेनाको एमआई १७-भी ५ हेलिकप्टरमा रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) जनरल विपिन रावत, उनकी पत्नी मधुलिका रावतसहित १४ जना सवार थिए।घटनास्थलबाट चारजनाको शव निकालिएको छ। सार्वजनिक भएका तस्वीरमा हेलिकप्टर पूरै जलेको देख्न सकिन्छ। त्यसैले ठूलो क्षति भएको अनुमान गरिएको छ। सीडीएस (चिफ अफ डिफेन्स) जनरल रावत र उनकी पत्नीलाई अस्पताल भर्ना गरिएको बताइएको छ। दिल्लीमा केन्द्रीय मन्त्रिपरिषद्को आकस्मिक बैठक