भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावत सवार हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

भारतको तलिमनाडुको कुन्नुरको जंगलमा बुधबार सेनाको एमआई–१७ हेलिकप्टर दुर्घटना भएको छ । घना जंगलमा भएको दुर्घटनापछि हेलिकप्टरमा आगलागी भएको थियो । यसमा चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, उनकी पत्नी मधुलिका समेत सेनाका १४ अफिसर सवार थिए । हालसम्म ४ जनाको शव बरामद भएको छ । शव नराम्रोसँग जलेको अवस्थामा भेटिएको छ । तीन जना घाइतेलाई अस्पताल लगिएको डीडी न्युजलाई उद्धृत गर्दै बीबीसी हिन्दीले भनेको छ । रावतलाई भने गम्भीर हालतमा वेलिङटन सैन्य अस्पताल लगिएको बताइएको छ । उनको स्थितिबारे थप जानका

सम्बन्धित सामग्री

विपिन रावत चढेको हेलिकप्टर दुर्घटनाबारे आज भारतीय संसद्मा जानकारी गराउने

भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतका चिफ अफ डिफेन्स स्टाफ सीडीएस जनरल विपिन रावत चढेको हेलिकप्टर दुर्घटनाबारे आज मात्र संसद्मा जानकारी दिने भएका छन् । हिजो (बुधबार) तामिलनाडुको कुन्नुरमा हेलिकप्टर दुर्घटना हुँदा रावतसहित १३ जनाको मृत्यु भएको थियो । दुर्घटना लगत्तै रक्षामन्त्री सिंहले रावतको घर पुगेर परिवारसँग भेट गरेका थिए। रावतको शव आज दिल्ली ल्याउने तयारी […]

भारतीय रक्षामन्त्रीले हिजाे भएकाे हेलिकप्टर दुर्घटनाबारे आज संसदमा जानकारी दिने

काठमाण्डाै - भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतका चिफ अफ डिफेन्स स्टाफ सीडीएस जनरल विपिन रावत चढेकाे हेलिकप्टर दुर्घटनाबारे आज संसदमा जानकारी दिनु हुने भएको छ । हिजो तामिलनाडुको कुन्नुरमा हेलिकप्टर दुर्घटना हुँदा रावतसहित १३ जनाको ज्यान गएको थियो । दुर्घटना लगत्तै रक्षा मन्त्री सिंहले रावतको घर पुगेर उहाँको परिवारसँग भेट गर्नुभएको थियो । रावतको शव आज दिल्ली ल्याउने तयारी भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उहाँको भोलि अन्तिम संस्कार हुनेछ । भारतको उत्तराखण्डमा शोक घोषणा गरिएको छ । साथै सीडीएस ...

भारतीय सेनाको हेलिकप्टर दुर्घटना : मृत्यु हुनेको संख्या १३ पुग्यो (अपडेट)

भारतको तलिमनाडुको कुन्नुरको जंगलमा भएको सेनाको एमआई–१७ हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ।  सो हेलिकप्टरमा चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, उनकी पत्नी मधुलिका समेत सेनाका १४ अफिसर सवार थिए ।दुर्घटनामा  मृत्यु हुनेको संख्या १३ पुगेको र जनरल रावतको स्थिति गम्भीर रहेको न्युज एजेन्सी एएनआईलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । दुर्घटनामा अधिकांश शवहरु जलेका छन् ।रक्षामन्त्री राजनाथ सिंहले बुधबार घटनाबारे संसद्लाई जानकारी दिने सञ्चारमाध्यामहरुले

भारतमा हेलिकप्टर दुर्घटना अपडेट : ११ शव निकालियो

नयाँ दिल्ली : भारतीय रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ)  विपिन रावत सवार सेनाको हेलिकप्टर बुधबार दिउँसो तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको छ। सेनाको यो हेलिकप्टरमा कुल १४ जना सवार रहेकोमा ११ जनाको शव निकालिएको छ।यो घटनामा रक्षा प्रमुख विपिन रावतका साथै उनकी पत्नी र अन्य सैनिक अधिकारी पनि हेलिकप्टरमा थिए। दुर्घटना लगत्तै उद्धार कार्य सुरु गरिएको छ।दुर्घटनालगत्तै प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहलाई दुर्घटनाको जानकारी दिइएको थियो।रक्षा प्रमुख विपिन रावतको

भारतमा हेलिकप्टर दुर्घटना : ४ जनाको मृत्यु, रक्षा प्रमुख जनरल विपिन रावत घाइते

नयाँ दिल्ली : भारतीय सेनाको हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटना भएको छ। दुर्घटनाग्रस्त वायुसेनाको एमआई १७-भी ५ हेलिकप्टरमा रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) जनरल विपिन रावत, उनकी पत्नी मधुलिका रावतसहित १४ जना सवार थिए।घटनास्थलबाट चारजनाको शव निकालिएको छ। सार्वजनिक भएका तस्वीरमा हेलिकप्टर पूरै जलेको देख्न सकिन्छ। त्यसैले ठूलो क्षति भएको अनुमान गरिएको छ। सीडीएस (चिफ अफ डिफेन्स) जनरल रावत र उनकी पत्नीलाई अस्पताल भर्ना गरिएको बताइएको छ। दिल्लीमा केन्द्रीय मन्त्रिपरिषद्को आकस्मिक बैठक