भारतमा हेलिकप्टर दुर्घटना अपडेट : ११ शव निकालियो

नयाँ दिल्ली : भारतीय रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ)  विपिन रावत सवार सेनाको हेलिकप्टर बुधबार दिउँसो तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको छ। सेनाको यो हेलिकप्टरमा कुल १४ जना सवार रहेकोमा ११ जनाको शव निकालिएको छ।यो घटनामा रक्षा प्रमुख विपिन रावतका साथै उनकी पत्नी र अन्य सैनिक अधिकारी पनि हेलिकप्टरमा थिए। दुर्घटना लगत्तै उद्धार कार्य सुरु गरिएको छ।दुर्घटनालगत्तै प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहलाई दुर्घटनाको जानकारी दिइएको थियो।रक्षा प्रमुख विपिन रावतको

सम्बन्धित सामग्री

भारतमा हेलिकप्टर दुर्घटना अपडेट : रक्षा प्रमुख रावतसहित १२ जनाको मृत्यु

भारतका रक्षा प्रमुख विपिन रावत, उनकी पत्नीसहित अन्य ११ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको भारतीय वायु सेनाले जनाएको छ।रक्षा प्रमुख जनरल रावतसहित ती सबै जना चढेको सैनिक हेलिकप्टर आज दिउँसो दक्षिण भारतमा दुर्घटनामा परेको थियो।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा रक्षा प्रमुख रावतको असामयिक मृत्युमा दुःख व्यक्त गरेका छन्।उनले सामाजिक सञ्जालमा जनरल रावत एक अद्वितीय सैनिक र साँचो देशभक्त भएको उल्लेख गरेका छन्। भारतीय सेनालाई आधुनिकीकरण गरेको र अत्याधुनिक सुरक