काठमाण्डाै - भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतका चिफ अफ डिफेन्स स्टाफ सीडीएस जनरल विपिन रावत चढेकाे हेलिकप्टर दुर्घटनाबारे आज संसदमा जानकारी दिनु हुने भएको छ ।
हिजो तामिलनाडुको कुन्नुरमा हेलिकप्टर दुर्घटना हुँदा रावतसहित १३ जनाको ज्यान गएको थियो । दुर्घटना लगत्तै रक्षा मन्त्री सिंहले रावतको घर पुगेर उहाँको परिवारसँग भेट गर्नुभएको थियो ।
रावतको शव आज दिल्ली ल्याउने तयारी भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
उहाँको भोलि अन्तिम संस्कार हुनेछ । भारतको उत्तराखण्डमा शोक घोषणा गरिएको छ । साथै सीडीएस ...