अटोमोबाइल्स व्यवसायीहरुले भन्सारमा रोकिएका गाडी भित्र्याउन पाउने भएका छन् । बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वैशाख १३ अघि एलसी खुल्ला भई आयात प्रक्रियामा गइसकेका गाडीहरुलाई आयात गर्न दिने निर्णय गरेको हो ।योसँगै भन्सारमा रोकिएका करिब ९ सय गाडीहरु भित्रिने भएका छन् । सरकारले अतिरिक्त विलासी वस्तुहरुको तीब्र आयातले व्यापार सन्तुलनमा समस्या पर्नुका साथै विदेशी मुद्राको सञ्चितिमा समेत दबाब परेको भन्दै गत वैशाख १३ गते गाडीसहित १० प्रकारका वस्तुहरुको आयातमा प्रतिबन्ध लगाएको थियो ।