रसुवा – चीनसँगको व्यापारिक नाका रसुवागढीबाट विद्युतीय गाडीको आयात बढेको छ । यातायातको पहुँचलाई सहज बनाउनका लागि नेपाली व्यापारी, व्यवसायीले चिनियाँ विद्युतीय गाडीको आयात गरिरहेका छन् ।
२०७५ चैतदेखि २०७८ मङ्सिर २७ गतेसम्म तीन सय १८ वटा विद्युतीय गाडी आयात भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम मैनालीले बताउनुभयो । आयात गरिएका गाडीमध्ये ५४ वटा डबल क्याबिन पिकअप र दुई सय ६४ वटा कार रहेका छन् ।
आवाज र धुँवारहितका चिनियाँ कार नेपाल भित्रिएको हो । नाकाबाट आयात भएका ती गाडी भन्...